काठमाडौं । विश्वमा एक अनौठो पंक्षी फेला परेको छ । मलेसियाको वर्षा वनमा पाइने एउटा दुर्लभ लाटोकोसेरोलाई १२५ बर्ष पछि फेला पारिएको हो ।

सुन्तला आँखा भएको यो अद्भुत लाटोकोसेरो मलेसियाको पर्वत किनाबालुको जङ्गलमा देखिएको अधिकारीहरुले बताएका छन् ।

यो लाटोकोसेरो राजा स्कोप प्रजातिको हो । यो लाटोकोसेरोको शरीरमा विशेष प्रकारका पट्टिहरू हुन्छन् र यसको बानी पनि फरक हुन्छ ।

अन्वेषकहरूले अनुमान लगाए कि यो नयाँ प्रकारको प्रजाति हो र यसलाई संरक्षण गर्नु आवश्यक छ । यस लाटोकोसेरोको बारेमा धेरै जानकारी छैन । तर यो पहाडहरूका घना जङ्गलमा बस्दछ ।

यी लाटोकोसेरोका बासस्थान संकटमा परेका छन् । बासस्थानमाथि परेको असरको कारण मौसम परिवर्तन, जंगल फडानी र पाम तेलको उत्पादन हो ।

प्राविधिक विज्ञ कीगन ट्रान्सिलोले २०१६ मा माउन्ट किनाबालुको जङ्गलमा लाटोकोसेरोको खोजीमा धेरै समय बिताएका थिए ।

कीगनले स्मिथसोनियन पत्रिकालाई बताए अनुसार जहाँ जङ्गलको अन्धकार थियो, त्यो माथि उड्यो । उनले भने कि यो लाटोकोसेरो केही समय पछि उड्यो तर पछि राम्रो सौभाग्यका कारण फर्कियो ।

उ आकारमा सामान्य लाटोकोसेरो भन्दा ठूलो थियो भने आँखा पनि सुन्तला रङ्गका थिए । कीगनले मोन्टाना विश्वविद्यालयमा अनुसन्धान गरिरहेका अन्डी बोइसलाई अनुसन्धानकर्तालाई यी कुराहरु बताएका हुन् ।

एन्डीले भने, ‘मैले एउटा अनौंठो लाटोकोसेरोको बारेमा फोन कल प्राप्त गरें । म त्यसबेला प्रयोगशालामा थिएँ ।’ एन्डी अब स्मिथसोनियन माइगरेटरी बर्ड सेन्टरमा इकोलजिस्ट हुन् ।

उनले थप्दै भने, ‘जब मैले यो लाटोकोसेरो देखे, म पूरै छक्क परें । म एकदम उत्साहित थिए किनभने हामीले कल्पनामा देखा परेको एउटा चरा वास्तविक रुपमा फेला पार्‍यौं ।

त्यस पछि मैले यसलाई धेरै छिटो दस्‍तावेजीकरण गरें । स्‍कोप्‍स लाटोकोसेरो पहिलो पटक सन् १८९२ मा पहिलोपटक पहिचान गरिएको थियो ।

 

सम्बन्धित खबरहरु