काठमाडौं । दुई चरणको चुनाव घोषणा गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले संसद भंग गरेसँगै नेपाली राजनीति नयाँ मोडमा गएको छ । राष्ट्रपति भण्डारीले कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गर्दै मन्त्रिपरिषद्को सिफरिसमा प्रतिनिधिसभा विघटन गर्नुभएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि नेकपा एमालेका बरिष्ठ नेता माधव कुमार नेपालका ५ अक्षम्य अपराधहरू भन्दै गम्भीर आरोप लगाउनु भएको छ । थापाले नेता नेपालमाथि लगाएका गम्भीर आरोपहरु निम्नअनुसार रहेका छन् :

१, कर्णाली प्रदेशमा फ्लोरक्रसको निर्देशन, मुख्यमन्त्री बन्ने निश्चितताको अन्त्य र प्रचण्डको हितमा सहयोग,

२, लुम्बिनी प्रदेशमा मुख्यमन्त्रीविरूद्द गठबन्धन निर्माणमा गोप्य साँठगाँठ, विमला ओलीलाई माओवादी केन्द्र (माके) मा प्रवेश गराउन तथा दृगराज पाण्डे र अमरबहादुर डाँगीको विक्रि तथा रहस्यमय राजिनामाको लागि गुप्त निर्देशन,

३, प्रतिनिधिसभामा आफ्नै पार्टी अध्यक्ष तथा प्रधानमन्त्रीले विश्वासको मत लिने दिन आफूसहित २८ सांसदलाई अनुपस्थित हुन विपक्षीहरूसँग साँठगाँठ,

४, वागमति प्रदेशमा पार्टीका उम्मेदवार रामबहादुर थापालाई पराजित गर्न स्वतन्त्र उम्मेदवारी, निर्देशन उल्लंघन र 'न'ग्न' गुटबन्दी तथा षड्यन्त्रका साथ पार्टीविरोधी व्यक्तिलाई मतदान,

५, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन जालसाजी, किर्ते र हस्ताक्षर दुरूपयोग गरी २७ जना सांसदको साथ रहेको कथित लिखित फर्जी समर्थन, राष्ट्रपति कार्यालयमा शेरबहादुर देउवा, पुष्पकमल दाहाल र उपेन्द्र यादवसँगै चौथो वरियतामा उपस्थित,

उहाँले नेकपा एमालेको नेतृत्वमा रहेको सरकार ढालेर जनमतविपरित नेपाली काँग्रेसको गठबन्धनमा सामेल हुन र जनतालाई घात गर्न श्री माधव कु. नेपालले गरेका अपराधहरूको भ्रत्सना गर्न पनि सबैसँग अपील गर्नुभएको छ । नेता नेपाललाई संकत गर्दै उहाँले भन्नु भएको छ, ‘अपना नाम धुन्धुकारी कहो पट्टु ! विचरा’

सम्बन्धित खबरहरु