काठमाडौं । दक्षिण पूर्व एसिया र ओशेनियामा स्थित इन्डोनेसियामा शक्तिशाली भूकम्पको धक्का महसुस गरिएको छ । ६.३ रेक्टर स्केल परिमाणको भूकम्प गएको हो ।

भूकम्पको केन्द्र जमिन भन्दा झण्डै १०९ किलोमिटर गहिराइमा रहेको बताइएको छ । इन्डोनेसियाका अधिकारीहरुका अनुसार सुनामीको कुनै सम्भावना छैन । तर सावधान रहन अनुरोध गरिएको छ ।

यसैगरी एसियाको दक्षिण–पश्चिम खण्डमा अवस्थित रहेको इरानमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पलाई ५.२ रेक्टर स्कलेमा मापन गरिएको छ । भूकम्पको केन्द्र जमिन भन्दा ९४ किलोमिटर रहेको बताइएको छ । भूकम्पले कुनै क्षति भए नभएको कुनै जानकारी आएको छैन ।

यसैगरी नेपालको छिमेकी मुलक चीनमा शक्तिशाली भूकम्प गएको छ । चिनियाँ सञ्चारमाध्यमहरुमा आएको खबर अनुसार ७.४ रेक्टर स्केल परिमाणको भूकम्प गएको हो ।

चीनको तिब्बती स्वायत्त प्रान्तको शहर माडोई काउन्टीमा केन्द्रविन्दु रहेको जानकारी दिइएको छ । चीनको भूकम्प मापन केन्द्रका अनुसार १७ किलोमिटर गहिराइबाट भूकम्प गएको थियो ।

माडोई शहर दक्षिण–मध्य–किनघाई प्रान्तमा, सिचुआनको सीमामा पर्छ । भूकम्पबाट के कति क्षति भएको भन्ने बारेमा कुनै जानकारी आएको छैन । विश्वभरी भूकम्पको त्रास एकदमै बढिरहेको छ । पछिल्लो दशक पृथ्वीमा ठूलै हलचल आउँने भूगर्वशास्त्रीहरुको आँकलन छ ।

सम्बन्धित खबरहरु