काठमाडौं । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री गगनकुमार थापाले १४९ सांसदको ७६ (५) बमोजिमको दावीलाई संसदमा परीक्षण नै नगरी राष्ट्रपति र प्रधानमन्त्रीले संविधानको वर्खिलाप गरेको निर्णयविरुद्ध आफुहरु अदालत जानुपर्ने बताउनु भएको छ ।

आफुहरु अदालत नगए फागुन ११ को सर्वोच्चकै फैसलाको अपमान हुने उहाँको बुझाई रहेको छ । नेता थापाले राजनीतिक लडाइँसँगै १४९ सांसद हाम्रो संवैधानिक हकको लागि अदालतमै उभिएर कानूनी लडाइँ लड्न तयार रहनुपर्छ भन्नु भएको छ ।

तपाईंलाई जानकारी गराउ कि शुक्रबार राति राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद् भंग गरेर कात्तिक २६ र मंसिर ३ का लागि चुनावको मिति तोक्नु भएको छ ।

https://twitter.com/thapagk/status/1395971798206861313

सम्बन्धित खबरहरु