काठमाडौं । उत्तर कोरियामा किम जोङ्ग उनले मल्टी हेयर स्टाइल र पातलो जीन्समा प्रतिबन्ध लगाएका छन् । उनले डरलाग्दो ‘पश्चिमी संस्कृति’ ले उत्तर उत्तर कोरियाका युवाहरूलाई प्रभावित पार्ने भन्दै यस्तो निर्णय गरेका हुन् ।

त्यहाँको सरकारी अखबारले पूँजीवादी जीवनशैली रोक्नको लागि यस्तो कदम चालेको उल्लेख गरेको छ । फेसनमा लागु गरिएका कडा कानूनहरू बारम्बार दोहोर्याउनेहरु (कपालमा कलर) गर्नेसहितका प्रतिबन्ध नमान्नेहरुलाई श्रम शिविरमा पठाइनेछ ।

किमको आदेश नमान्नेहरुले कठोर परिणाम सामना गर्नुपर्ने हुनसक्छ । प्रतिबन्ध लागेको हेयरस्टाइल जसमा अगाडि सर्ट कट र पछिल्लो भागमा पछाडि लामो कपाल राख्ने कुरामाथि प्रतिबन्ध लागेको हे । गत वर्ष पश्चिममा यो स्टाइल लोकप्रिय भयो ।

एक्सोटिकको स्टार टाइगर किङ्गको रोजाइका कारण पनि थप चर्चित भएको थियो । उत्तर कोरियाको अखबार रोडङ्ग सिनमुन जुन सत्तारूढ मजदुर पार्टीको स्वामित्वमा रहेको अखबार हो ।

बिहीबार लेखेको थियो, ‘इतिहासले हामीलाई महत्त्वपूर्ण पाठ सिकाउँछ कि कुनै देश असुरक्षित बन्न सक्छ र अन्ततः यसको आर्थिक र रक्षा शक्तिको परवाह नगरी भित्ता जस्तो भत्किन्छ ।

यदी हामी हाम्रो आफ्नो जीवनशैली बचाइराख्न सक्दिैनौं भने ।’ अगाडि भनिएको छ, ‘हामी पूँजीवादी जीवनशैलीको अलिकति चिह्नबाट पनि सावधान हुनुपर्दछ र त्यसबाट छुटकारा पाउन संघर्ष गर्नुपर्दछ ।’

लोकप्रिय दक्षिण कोरियाली भिडियोमा देखिएको स्टाइल अपनाउन खोज्नेहरुविरुद्ध गत डिसेम्बरमा क्राकडाउन पनि गरिएको थियो । यो दावी गरिएको छ कि उत्तर कोरियालीहरूले देशको कानून अन्तर्गत १५ स्वीकृत कपाल राख्न सक्दछन् ।

सम्बन्धित खबरहरु