काठमाडौं । नेपालमा गत २४ घण्टामा १२९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । यो सँगै कुल मृतकहरुको संख्या ६१५३ पुगेको छ । अर्कोतिर गत २४ घण्टाभित्र ८८४८ जना नयाँ संक्रमित निको भएका छन् ।

यो सँगै नेपालमा अहिलेसम्म ३८३६८४ जना निको भैसकेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा ८५९१ नयाँ संक्रमित थप भएका छन् ।

यो सँगै नेपालमा कुल कोरोना संक्रमितहरुको संख्या ५०५६४३ पुगेको छ । नेपालमा अहिले सक्रिय संक्रमितको संख्या ११५८०६ पुगेको छ । आइसोलेशनमा ११५८०६ जना रहँदा ८६६ जना क्वारेन्टाइनमा छन् ।

 

सम्बन्धित खबरहरु