काठमाडौं । नेपालमा कोरोना महामारीबाट ज्यान गुमाउनेहरुको संख्या उच्च रहेको छ । एक अध्यनका अनुसार प्रत्येक १० लाखमा २०४ जनाले कोरोनाका कारण ज्यान गुमाइरहेका हुन् ।

भारतमा १० लाखमा २१२ जनाले कोरोनाका कारण ज्यान गुमाउन बाध्य भएका छन् । भारतीय कांग्रेसका नेता एवं पूर्वअध्यक्ष राहुल गान्धीले एक डाटा सेयर गर्दै यसको जानकारी दिएका हुन् ।

गान्धीले कोरोना खोप छैन, न्यूनतम जीडीपी, उच्चतम कोभिड मृत्यु । भारत सरकारको प्रतिक्रिया ?’ भन्दै प्रश्न पनि गरेका छन् ।

सम्बन्धित खबरहरु