काठमाडौ । धेरै फलोअर्स टिकटक भएका नेपाली लागि खुशीको खबर आएको छ । अब तपाईले घरमा नै बसेर लाखौँ डलर कमाउन सक्नुहुनेछ । करोडौको मालिक बन्न सक्नुहुन्छ ।

नसक्नेपनि केही नभएपनि अब लाखौँ रूपैयाँ भने कमाइ गर्न सक्ने भएका छन । यसअघि चिनियाँ कलाकारले मासिक करौडौँ रूपयौँ कमाउने गरेका थिए भने चिनका टेलिभिजनहरूले विज्ञापनबाट भन्दा बढी पैसा टिकटकबाट कमाउने गरेका थिए ।

नेपालमा रहेर टिकट चालाउनेहरूको एकाउन्ट भेरिफाइ गरेर मोनिटाइज गर्ने कामको जिम्मा रिलिजनेपाल प्रा.ली. ले पाएको छ ।

रिलिज नेपालले बिहीबार एक विज्ञप्ति प्रकाशन गर्दै टिकटक भेरिफाइ गरेर लाभ लिन अनुरोध गरेको छ । उसले यही २०७८ साल जेठ ७ गते शुक्रवारदेखि टिकटकको एकाउन्ट भेरिफाइको काम हुने जनाएको छ ।

भेरिफाइ भएकालाई मोनिटाइजको सुविधा दिइने छ । मोनिटाइज भएका अकाउण्टमा कसैले भिडियो हेरे भिडियोको सुरुमा बीचमा अन्त्यमा विभिन्न विज्ञापन टिकटकले दिनेछ । उक्त विज्ञापन हेरेवापत आएको रकम तपाईको अकाउण्टमा जम्मा हुनेछ ।

यस्तो छ रिलिज नेपालको विज्ञप्ति

नेपालबाट सञ्चालन भएका टिकटक एकाउन्टहरूलाई यही २०७८ साल जेठ ७ गते शुक्रवारदेखि हामी (रिलिज नेपाल प्रा.ली) ले टिकटकले योग्य ठानेकोहरुलाई भेरिफिकेसनका लागि काम थाल्ने भएका छौँ । टिकटकका लागि नेपालबाट हामी कन्टेन्ट पार्टनर भएकाले टिकटकको एकाउन्ट भेरिफिकेसनका लागि आधिकारिक रूपमा काम गर्ने भएका हौँ ।

टिकटक एकाउन्ट भएका कुनै पनि व्यक्तिले भेरिफिकेसनका लागि फाराम भर्न सक्नुहुने छ । फाराम भर्नको लागि http://releasenepal.com/tiktok/ लिङ्कमा क्लिक गरेर भर्न सक्नु हुनेछ। फाराम भरेको ४५ देखि ६० दिन भित्रका त्यसको टुङ्गो लगाइने छ ।

भेरिफिकेसन भएको टिकटक एकाउन्टमा ब्लु टिक देखिने छ । त्यसपछि त्यो मोनिटाइज पनि हुनेछ । त्यसरी भेरिफिकेसन भई ब्लु टिक देखिएको र मोनिटाइज भएको टिकटक एकाउन्टबाट प्रसारण भएको सामग्री बापत त्यसका हिस्सेदारहरूले निश्चित रकम समेत पाउने भएका छन् ।

मोनिटाइज भएको एकाउन्टमा राखिएको कन्टेन्टमा विज्ञापन आउने र त्यसको निश्चित रकम एकाउन्टका सञ्चालकलाई पनि आउने भएको हो । टिकटक एकाउन्ट भेरिफिकेसन भएमा उड्ने, ह्याक हुनेलगायतका समस्या कम हुने र भएमा पनि चाडै समाधान हुने गर्दछ ।

त्यसैले पनि टिकटक एकाउन्ट भेरिफिकेसन गराउनु राम्रो हुन्छ । त्यसका लागि रिलिज नेपालले सहयोग गर्न भएको हो । त्यस बाहेक टिकटक सम्बन्धी कुनै पनि इभेन्टहरू जस्तै टिकटक सो, टिकटक अवार्ड आदी गर्न चाहनेहरूले पनि हामीसँग सहकार्य गर्न सक्नुहुने जानकारी गराउँदछौँ ।

टिकटक चलाउनेले जान्नैपर्ने कुरा ।

टिकटक पछिल्लो समय युवा पुस्ताले निकै रुचाएको एप्स हो । कतै घुम्न जादाँ ह्या यतिकै जान्छु भनेर कुनै तयारी नगरी घरबाट बाहिर निस्कनेहरु पनि टिकटक बनाउनको लागि धेरै मिहेनत र खर्च गर्ने गरेका छन् । नेपालमा टिकटकको ट्रेण्ड पहिला फेसबुक अनि इन्स्टाग्राम र अहिले टिकटक लोकप्रिय छ । १५ सेकेन्डसम्मको भिडियो बनाउन मिल्ने यसमा गीत र संवादमा अभिनयसमेत गर्न सकिने यो एप्स विश्वभर झन्डै १० करोड भन्दा बढीले प्रयोग गर्ने गरेका छन् ।

टिकटक युवामात्र नभई बच्चा र वृद्धमा पनि उतिनै लोकप्रीय छ । घर–घरमा कलाकार छन् भन्ने कुरा टिकटकले प्रमाणित गरिदिएको छ । टिकटकमा गरेको अभिनयबाट धेरै व्यक्ति चर्चितसमेत भएका छन् । अब चर्चा र प्रसिद्धिका लागि कुनै ठूला संचारगृहको साथको जरुरी छैन् भन्ने टिकटकले पुष्टि गरेको छ ।

नेपालमा पनि टिकटकमा गरेको अभिनयबाट चर्चामा आएका रेश्मा घिमिरे, सुपुष्पा भट्टराई , अमृता गुरुङ, एभिलिना खड्का, मन्जिल बस्नेत, प्रियंका सिंह, प्रिज्मा खतिवडा, प्रिन्सि खतिवडा आदि त उदाहरणको लागि केहि नामहरु मात्र हुन् ।

त्यसो त ठूलो पर्दामा गनिएका र राम्रो चलेका कलाकार पनि टिकटकमा अभिनय गर्न रुचाउँछन् । टिकटकमा चर्चित चेहेरा अहिले म्युजिक भिडियो र फिल्ममा समेत देखिन थालेका छन् ।

कुनै गीत हिट भयो या भएन भन्ने संकेत पनि टिकटकले दिन थालेको छ । जुन गीतको टिकटकमा बढी भिडियो बन्यो त्यो गीत त्यति नै लोकप्रिय मानिने गरेको छ । पहिला नचलेका गितहरु पनि टिकटकको कारण पछि चर्चामा आएका छन् । युवा–युवतीसँगै सबै उमेर समुहमा समय बिताउने सिर्जनात्मक मेसो बनेको छ । टिकटकमा धेरै समयमा क्रियटिभिटी देखाउन सकिने र आफ्ना फ्यानहरुको वाह–वाह पाउने सकिने भएकोले पनि अभिनेत्री, अभिनेता, गायक–गायिका तथा मोडलहरु पनि टाढा रहन सकेका छैनन् ।

नेपालमो ख्याती कमाउन सफल मानिएका नायीका प्रियंका कार्की, बर्षा राउत, आँचल शर्मा, पुजा शर्मालगायतले टिकटक एप्स मार्फत भिडियो बनाएर सामाजिक सञ्जालमा शेयर गरिरहेका हुन्छन् । नायिकाका मात्र होइनन् नायकहरुमाझ पनि टिकटक निकै पपुलर हुँदै गएको छ ।

कलाकारिताको मिनी थिएटर भएको छ ‘टिकटक’ ।

टिकटक एउटा सोसल मिडिया एपिलकेशन हो जस्को माध्यमबाट छोटो छोटो भिडियो बनाएर शेयर गर्न सकिन्छ । ‘बाइट डान्स’ नामक कुन देशको कम्पनीले यो एप बनाएको हो । टिकटक सन् २०१६ को सेप्टेम्बरमा लञ्च भएको हो । सन् २०१८ मा टिकटक लोकप्रियताको चुलीमा पुग्यो । गत अक्टोबरमा टिकटक अमेरिकामा सबैभन्दा धेरै डाउनलोड हुने एप बन्न पुग्यो ।

गुगल प्लेमा टिकटकको परिचय ‘short videos for you ’ भनेर दिइएको छ । प्ले स्टोरमा टिकटकको बारेमा लेखिएको छ । टिकटक मोबाइलबाट छोटा छोटा भिडियो बनाउने कुनै साधारण तरिका होइन । यसमा कुनै बनावटीपना छैन र यसको कुनै सीमा छैन । चाहे तपाईं बिहान पौने ८ बजे ब्रस गरिरहेको हुनुस् वा नास्ता बनाइरहेको हुनुस् । चाहे तपाईं जेसुकै गरिरहेको र जहाँ सुकै हुनुहोस् टिकटकमा आउनुहोस् र १५ सेकेण्डमा दुनियाँलाई आफ्नो कहानी बताउनुहोस् ।

टिकटकको साथमा तपाईंको जीवन अझै रोमाञ्चक हुन्छ । तपाईं जिन्दगीका हरेक पल जिउनुहुन्छ र हरेक समय केही नयाँ खोजी गरिरहनु भएको हुन्छ । आफ्नो भिडियोमा स्पेशल इफेक्ट फिल्टर, ब्युटी इफेक्ट, इमोजी स्टिकर तथा म्युजिक हालेर नयाँ रङ्ग दिन सक्नुहुन्छ ।

टिकटकको रमाइलो तथ्य

टिक टकबाट भिडियो बनाउँदा आफ्नो आवाजको प्रयोग गर्नु पर्दैन । गरेपनि हुन्छ । केवल भिडियोमा आवाज अनुसार ओठ चलाए (लिपसिङ्क) गर्दा हुन्छ । जसरी फेसबुक तथा ट्वीटरमा आफ्नो अकाउन्ट भेरिफाइड गराउन अर्थात् ब्लू टिक पाउनका लागि प्रयोगकर्ताले निकै मेहेनत गर्नुपर्दछ । त्यस्तै टिकटकमा भेरिफाइड अकाउन्टवाला प्रयोगकर्ताको संख्या निकै धेरै छ । तर टिकटकमा ब्लू टिक होइन सुन्तला रङको रेजा अर्थात् अरेन्ज टिक पाइन्छ ।

जसलाई ‘अरेन्ज टिक’ प्राप्त हुन्छ त्यसको अकाउन्टमा पपुलर क्रिएटर लेखेको देखिन्छ । साथै उक्त अकाउन्टवालाको भिडियो कतिले मन पराए अर्थात् कति मुटु आकारको संकेत प्राप्त गर्यो भन्ने पनि थाहा पाइन्छ ।

टिकटकबाट आम्दानी

टिकटकको केही फाइदा पनि छ । खासगरी गाउँ र स–साना सहरका लागि यो मानिसहरुको प्रतिभा देखाउने राम्रो माध्यम बनेको छ । कतिपय मानिस टिकटककोे माध्यमबाट आफ्नो अभिनय इच्छा पूरा गरिरहेका छन् । कतिले राम्रो कमेडी गर्छन् त कतिले राम्रो नाच । यतिमात्र होइन, धेरै मानिसहरुले टिकटकबाट पैसा पनि कमाइरहेका छन् ।

टिकटकले फलोअरको आधारमा पैसा दिने गरेको छ । त्यसको साथै टिकटकमा विभिन्न च्यालेन्ज पनि भइरहेका हुन्छन् । सबै भन्दा बढि भिउज र लाइक पाउनेहरु उक्त च्यालेन्जको विजेता हुन्छन् र उनीहरुले रकम पाउँछन् ।

टिकटकको आम्दानीको श्रोत के ?

विज्ञका अनुसार, कुनै पनि देशमा एप लञ्च गरेसँगै कम्पनीहरुले विभिन्न देशमा मान्छे खटाउने गरेका छन् । आम रुपमा यस्ता मानिसहरुलाई भर्ती गरिन्छ जो देख्दा सुन्दर छन्, कमेडी गर्छन् अनि गाउने तथा नाच्ने कला पनि आओस् । उनीहरुले दैनिक रुपमा कुनै भिडियो तयार गरी टिकटकमा हाल्नुपर्दछ र यसका लागि उनीहरुलाई केही पैसा प्राप्त गर्छन् ।

साथै संघर्षको शुरुवाती चरणमा रहेका सेलिब्रेटीहरुलाई पनि यसमा समावेश गरिन्छ । त्यसबाट कलाकारलाई पैसा मात्र होइन, आफ्नो क्षमता देखाउने प्लाटफर्म पनि प्राप्त हुन्छ । अर्कोतर्फ कम्पनी तथा एपको पनि राम्रो प्रचारप्रसार भइरहेको हुन्छ ।

यसबाहेक कम्पनी तथा साधारण प्रयोगकर्ताका लागि आम्दानीको छुट्टै मोडेल पनि हुन्छ । यदि कसैले आफ्नो भिडियोमा कोकाकोलाको बोतल देखाउदछ वा कुनै स्याम्पुको बोतल देखाउदछ भने भिडियोको लोकप्रियताको आधारमा ब्राण्ड प्रवद्र्धनको माध्यमबाट सम्बन्धित कम्पनीमार्फत एप निर्माता र भिडियो अपलोड गर्ने दुवैलाई आम्दानी हुन्छ । भिडियोको भ्यूज, लाइक, कमेन्ट र शेयरको अनुपातमा टिकटक प्रयोगकर्ताको कमाई तय गरिएको हुन्छ ।

विज्ञहरुका अनुसार अहिले धेरै सोसल मिडिया एप्सले भ्यूजको साटो इन्गेजमेन्ट तथा अन्तरक्रियामा धेरै ध्यान दिने गरेका छन् । अर्थात् भिडियो कति मानिसले हेरे भन्दा पनि कति धेरै मानिसले प्रतिक्रिया जनाए त्यस आधारमा प्रयोगकर्ताको कमाइ बढ्दै जान्छ ।

सम्बन्धित खबरहरु