काठमाडौ । सम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र क्षेत्रकी एक चर्चित नायिका हुन् । उनले ड्रिम्स चलचित्रबाट चलचित्र मा प्रवेश गरेकी हुन् । चलचित्रमा उनको भुमिकाको राम्रै प्रशंसा गरिएको छ ।

सफल मोडेल महेश विक्रम शाह र गायिका नेहा राज्य लक्ष्मी शाहको कोखबाट २०५२ मंसिर २ गते काठमाडौमा सम्राज्ञी राज्यलक्ष्मी शाहको जन्म भएको हो । उनले सन् २०१६ मा ड्रिम्स चलचित्रबाट डेव्यु गरिन् ।

उक्त चलचित्रमा उनी काब्याको भूमिकामा थिइन् । यो उनको डेव्यु चलचित्र हो । त्यसपछि २०१६ मा नै ए मेरो हजुर– २ चलचित्रमा अभिनय गरिन् । यो चलचित्रमा उनले ५ लाख पारिश्रमिक लिएको चर्चा खुबै चुलियो ।

सन् २०१७ तिमी सँग ‌‌‌‌ र सन् २०१८ मा कायरा चलचित्रमा उनले अभिनय गरिन् । उनले ‘मारुनी’ चलचित्रमा समेत अभिनय गरिन् । पछिल्लो समय उनी निक्कै बोल्ड अवतारमा देखिएकी छिन् । हेरौ उनका पछिल्ला तस्विरहरु

सम्बन्धित खबरहरु