काठमाडौ । जनता समाजवादी पार्टी (जसपा) ले पार्टी अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतोसहित चार नेतामाथि कारबाहीको डण्डा चलाएको छ । बमहुत पक्षले अध्यक्ष महन्थ ठाकुरसहित चार नेतामाथि कारबाही थालेको उच्चस्रोतले जनाएको छ ।

उपेन्द्र यादवको अध्यक्षमा बसेको बहुमत केन्द्रीय कार्यसमितिको बैठकले अध्यक्ष ठाकुरसँगै वरिष्ठ नेता महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्लालाई विधान अनुसार कारबाही प्रक्रिया थाल्ने निर्णय गरेको बुझिएको छ ।

पार्टीमा पछिल्लो पटक भएको सहमति विपरित प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनाउन साथ दिएको, पार्टीका नेताहरुलाई कारबाही गछौं भनेर राष्ट्रपति कार्यालयमा पत्र पठाएको लगायतका पछिल्ला गतिविधिका कारण कारबाही थालिएको गर्नेपर्ने देखिएको भनेर बहुमत केन्द्रीय सदस्यले माग गरेका कारण कारबाही थालिएको स्रोतको दावी छ ।

उनकाअनुसार विधानअनुसार स्पष्टीकरण सोध्ने र चित्तबुझ्दो जवाफ नआए निलम्बन वा निस्कासन गर्नेसम्म कारबाहीको तयारी जसपाले गरेको छ ।

उता महन्थ–राजेन्द्र समूहलेपनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउँन हस्ताक्षर गर्ने १२ जना सांसदलाई कारबाही गर्ने बताएको छ । जसमा उपेन्द्र यादव, डा. बावुराम भट्टराई समेत पर्दछन् ।

 

सम्बन्धित खबरहरु