काठमाडौ । कोरोना भाइरस (कोभिड—१९) को संक्रमणपछि स्वास्थ्य अवस्था विग्रिएपछि अस्पताल भर्ना भएका वरिष्ठ कलाकार तथा निर्देशक शिवहरि पौड्यालको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

कलाकार, निर्माता तथा निर्देशक दिपक राज गिरीका अनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य छ अझै स्वास्थ्य लाभ गरिरहनुभएको छ ।

अस्पताल भर्ना भएका पौड्याललाई भेन्टिलेटरमा राखिएको भनेर खबर सार्वजनिक भइरहँदा गिरीले उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको बताउनुभएको छ ।

‘मैले उहाँसँग बारम्बार नै कुरा गरेको छु । सास फेर्न गाह्रो भएर आइसियूमा अक्सिजन लगाएको बताउनु भएको थियो, बाहिर खबर आएजस्तो भेन्टिलेटरमा राखिएको हैन,’ गिरीले भन्नुभयो ।

‘उहाँलाई खोकी पहिलादेखि नै थियो। स्वास्थ्य सामान्यभन्दा अलि माथि गएको हो। भेन्टिलेटरमा राखेको हैन।’ केहीदिन अगाडि कोरोना भाइरस संक्रमण पोजेटिभ देखिएको पौड्याल नैकापस्थित एपीएफ अस्पताल भर्ना हुनुभएको थियो ।

 

सम्बन्धित खबरहरु