काठमाडौं । विपक्षी दल नेपाली कांग्रेसका पुराना नेता एवं पूर्वसांसद लक्ष्मणप्रसाद घिमिरेले सभापति शेरबहादुर देउवालाई लिएर दिएको बयान चर्चामा रहेको छ । उहाँका अनुसार देउवाले एमालेको माधव नेपाल पक्षका सांसदको समर्थनमा प्रधानमन्त्री पदको दरखास्त हाल्नु ठूलो राजनीतिक भूल थियो ।

सभापति देउवालाई सम्बोधन गर्दै घिमिरेले फेसबुकमा पार्टी नफूटिकन नेपाल पक्षका सांसदले देउवालाई मतदान गर्नै नसक्ने उनको तर्क प्रस्तुत गर्नुभयो ।

उहाँले दलीय संसदीय परिपाटीमा विश्वास राख्ने नेपाली काँग्रेसले यस्तो निर्दलीय चरित्रलाई प्रश्रय दिनु आफैंमा पार्टीलाई एउटा कलंक भएको बयान दिनु भएको छ ।

भोलिका दिनमा फेरि यसैलाई नजिर बनाएर कांग्रेसका केहि सांसदलाई अरुले प्रयोग गरे भने के आधारमा विरोध गर्ने रु भनेर उहाँले प्रश्न पनि गर्नुभएको छ ।

नेता घिमिरेले २०५० सालमा कांग्रेसका ३६ सांसद अनुपस्थित भएपछि सरकारको नीति तथा कार्यक्रम पारित हुन नसकि देश मध्यावधि निर्वाचनमा गएको घटना पनि स्मरणण गर्नुभएको छ । उहाँले देउवाका नाममा लेख्नु भएको फेसबुक स्टाटस यस्तो छः

https://twitter.com/ghimirelp/status/1396139840035463169

आदरणीय नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाज्यु
नेकपा एमाले माधव नेपाल समुहका २७ जना सांसदको हस्ताक्षर सहित १४९ सांसदको हस्ताक्षर लिएर तपाईं राष्ट्रपतिकहाँ प्रधानमन्त्री पदका लागि दरखास्त हाल्न जानुभयो र राष्ट्रपति भण्डारीजीले तपाईंलाई प्रधानमन्त्री पदमा मनोनित गर्ने अपेक्षा राख्नुभयो ।

यो ठूलो राजनीतिक भुल थियो । पार्टी नफुटिकन कसरी तिनीहरुले तपाईंको पक्षमा मतदान गर्न सक्थे रु फेरि दलीय संसदीय परिपाटीमा विश्वास राख्ने नेपाली कांग्रेस पार्टीले यस्तो निर्दलीय चरित्रलाई प्रसय दिनु आफैंमा पार्टीलाई एउटा कलंक हो ।

फेरि यसैलाई नजिर बनाएर भोलिका दिनहरुमा कांग्रेसका केही सांसदहरुलाई अरुले प्रयोग गरेमा के आधारमा विरोध गर्ने रु फेरि २०५० सालमा सरकारको नीति र कार्यक्रम संसदबाट नेपाली कांग्रेसका ३६ सांसदको अनुपस्थिथिले गर्दा पारित हुन नसकि देशलाई मध्यावधि निर्वाचनमा धकेलेको पिडाले बिग्रिएको नेपालको राजनीतिले अझैपनि स्थिरता पाउन सकेको छैन । जानिफकार आफैं हुनुहुन्छ ।
तपाईंको शुभेच्छुक
लक्ष्मण प्रसाद घिमेरे

 

सम्बन्धित खबरहरु