काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफुहरु नयाँ पार्टी खोल्न बाध्य भएको जनाउनु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा प्रतिनिधिसभा पुनः विघटन गरिएपछि नेकपा (एमाले) भित्रको विवाद फेरि चर्किएको हो ।

माधव नेपाल समूहले संसद् विघटनको विरोध गर्दै विपक्षी गठबन्धनलाई साथ दिने घोषणा गरिसकेको छ । यी घटनाक्रमसँगै पार्टी पुनः लगभग विभाजनको अवस्थामा पुगेको छ । वरिष्ठ नेता नेपालले अर्को पार्टी खोल्ने निर्णयमा पुगेको बताउनु भएको छ ।

एक निजी अखबारलाई दिएको अन्तर्वार्तामा केपी शर्मा ओलीले धकेलेर अर्को पार्टी खोल्न बाध्य पारेको उहाँको बुझाई रहेको छ । प्रधानमन्त्री ओलीको प्रतिगमनविरुद्ध राजनीतिक र कानुनी दुवै लडाइँमा जाने स्थायी कमिटीको निर्णय भएको बताउनुभयो ।

शनिबार पनि बैठक बसेको थियो, पार्टी अध्यक्ष समेत रहनु भएका ओलीको अलोकतान्त्रिक कदमविरुद्ध संघर्ष गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । हालै दुबै पक्षले पार्टी एकताका लागि कार्यदल गठन गरेको छ ।

त्यसको औचित्य ओलीले सिध्याएको उहाँले आरोप लगाउनुभयो । संसद भंग गर्दा प्रधानमन्त्री ओलीले कार्यदलसँग सरसल्लाह गर्नुपर्दैन ? भन्दै प्रश्न सोध्नु भएको छ ।

नेता नेपालले सोध्दै नसोधी संसद् विघटन किन गरेको भन्दै केही सल्लाह गर्नुपर्दैन ? जिज्ञासा राख्नु भएको छ । प्रधानमन्त्री ओलीले अध्यादेश ल्याउनुअघि पनि किन केही सल्लाह नगरेको भनेर नेता नेपालले प्रश्न गर्नुभएको हो ।

सिद्धान्त र नाम के रहने भन्ने अहिले नै खुलाइएको छैन । यसअघि नै नेतृ रामकुमारी झाक्री लगायतले यो कुरा बाहिर ल्याइसकेका छन् ।

 

सम्बन्धित खबरहरु