काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा अत्यन्तै निष्पक्ष चुनाव हुने विश्वास दिलाउनुभएको छ । निष्पक्ष, भयरहित र स्वतन्त्र चुनाव गर्नका लागि सिसी क्यामेरा जडान हुनेछन् ।

ड्रोनले माथि आकाशबाट निगरानी गर्नेछ उहाँले भन्नुभयो । राष्ट्रिय अन्तर्राष्ट्रिय पर्यवेक्षकहरु बोलाइनेछ । विश्वकै नमुना चुनाव मेरो नेतृत्वको सरकारले गर्नका लागि आयोगलाई सबै प्रकारका सहयोग गर्नेछ ।

एउटा चुनाव जित्नु वा हार्नु ठूलो कुरा हैन । लोकतन्त्र बचाउन र जिताउन चाहान्छु । म कति बाँच्छु होला र मानिसको आयु छोटो छ तर लोकतन्त्रको आयु निक्कै लामो अनन्तको बनाउन चाहान्छु उहाँले भन्नुभएको थियो ।

 

सम्बन्धित खबरहरु