काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वको सरकारलाई चुनावी साझा सरकारमा रुपान्तरण गर्नका लागि दलहरुलाई आह्वान गर्नुभएको छ ।

आइतबार पत्रकार सम्मेलन गरी एमाले अध्यक्षसमेत रहनुभएको प्रधानमन्त्री ओलीले अहिलेको संसदीय हैसियत अनुसार मन्त्रालय लिएर चुनावी साझा
सरकार बनाउन प्रस्ताव गर्नुभएको हो ।

यही सरकारलाई चुनावी सरकार बनाउ, ७ वटा मन्त्रालय खाली नै छन् बाँकी संविधानले २५ भन्दा बढी बनाउन नपाउने भनेको छ त्यो भित्र रहेर हैसियत अनुसारका मन्त्रालय भागबण्डा गर्न तयार छु उहाँले भन्नुभयो ।

 

सम्बन्धित खबरहरु