काठमाडौ । नेपाली साहित्यमा पि.एच.डी.गर्ने प्रथम महिला डा. वानीरा गिरिको निधन भएको छ । डा. गिरीका ‘एउटा एउटा ज्यूँदो जंगबहादुर’ र ‘जीवनथाय् मरु’ कवितासंग्रह तथा तीन उपन्यास ‘निर्बन्ध’, ‘कारागार’, र ‘शब्दातीत शान्तन’ प्रकाशित छन् । उनको कृती शब्दातीत शान्तन’ ले २०५६ सालमा साझा पुरस्कार पाएको थियो ।

साहित्यकार डा. गिरिको ७५ वर्षको उमेरमा आइतबार राति निधन भएको हो । हृदयघातका कारण काठमाडौंको बानेश्वरस्थित सिभिल अस्पतालमा आइतबार राति १० बजे गिरिको निधन भएको परिवारिक स्रोतले जानकारी दिएको छ । गिरि तीन वर्षदेखि अल्जाइमर्सबाट पीडित थिइन् ।

उनी नेपाली साहित्यमा विद्यावारिधि गर्ने पहिलो महिला हुन् । डा. गिरिका ‘एउटा एउटा ज्यूँदो जंगबहादुर’ र ‘जीवनथाय् मरु’ कवितासंग्रह तथा तीन उपन्यास ‘निर्बन्ध’, ‘कारागार’, र ‘शब्दातीत शान्तन’ प्रकाशित छ ।

‘शब्दातीत शान्तन’ले २०५६ सालमा साझा पुरस्कार पाएको थियो । स्वर्गीय डा. गिरिका श्रीमान्, एक छोरा र एक छोरी छन् ।

सम्बन्धित खबरहरु