काठमाडौ । फेसबुक, टिकटक चलाउने जो कोही नेपालीले अनिता खडका र विनोद खडकाको जोडीलाई नचिन्ने कमै हुनुहुन्छ । यो जोडी नेपालकै एउटा नमूना जोडीको रुपमा चिनिएको छ । प्रेमको पुजारीको रुपमा विनोदलाई मानिसहरुले भन्ने गर्छन ।

टिकटकबाट भाइरल भएको यो जोडीको वास्तविकता निकै नै मार्मिक र आत्मियताले भरिएको छ । अहिले पछिल्लो समय अनिताको स्वास्थमा निकै नै सुधार आएको छ । कुनै समय अनिताको शरीरको तौल घटेर २७ किलोसम्म पुगेको थियो । देख्नेहरु डराउथे । अवस्था अत्यास लाग्दो थियो ।

तर अहिले अनिता निकै मोटाएकी छिन । अहिले उनको तौल बढेर ५५ किलो पुगेको छ । अप्रेशन फेल भईसकेपछि निकै नि दुःखद समयबाट गुज्रिरहेको अनिता परिवार अहिले भने सामान्य खुशीमा फर्किएको छ ।

अनिता अहिले अलि अलि हिड्न सक्ने सम्म भइन । शारीरिक व्यायम आफै गर्न सक्ने भएकी छिन् । तर उनको उपचार अझै निरन्तर चलिनै रहेको छ । उपचार पैसा अभावले कहिले रोक्नुपर्ने अवस्था पनि सृजना हुन्छ ।

त्यति मात्रै हैन पहिले अनिताले के खादैछु भन्नेनै आँकलन गर्न सक्दैन थिइन तर अहिले गर्न सक्ने भएकि छिन् । अहिले भने अनिताले सामान्य आफ्नै तबरमा उठ्ने र टाउकोले इसारा समेत गर्ने र प्रष्ट नभएपनि बोलेको केही हदसम्म आँकलन गर्न सक्ने भएकी छिन् ।

उनको अनुहारमा बेग्लै चमक समेत देखिन्छ। त्यति मात्रै हैन उनले थुप्रै खालका एक्ससाइजहरु गर्दै आएकि छिन् र उनी पहिलेको तुलनामा निकै नै ठिक हुँदै आइरहेकि छिन् ।

उनलाई आजभन्दा दुई बर्ष अघि एक्कासी टाउँको दुख्यो । ब्लड प्रेशरका कारण उनलाई मस्तिस्क घात भयो । मस्तिस्कका नशा फुटेर उनी बेहोस भइन् ।

तत्कालै टाउकोको अप्रेशन गरियो । तर त्यो अप्रशन सफल भएन । उनी महिनौँ बेहोस नै भइन् । नाकबाट खाना, घाटीमा टेकेस्टोमी राखेर स्वास दिन थालियो । लामो समय भ्याण्टिलेटरमा रहेकी उनी मुखबाट बर्षौसम्म सास फेर्न सकिनन् । यसैले टेकेस्टोमी अहिलेपनि राखिएकै छ ।

उनी घाँटीमा बनाइएको कृतिम प्वालबाट सास फेर्ने गर्छिन् । निक्कै कठिन छ उनीको जीवन । तरपनि सुधार हुने आशामा उनको उपचार भइनै रहेको छ । यो भाइरल जोडीलाई साथ सहयोगका लागि यो सामाग्री सकेको सेयर गरिदिनुहोला । ग्रुपहरुमा सेयर गरेर सन्देश सबैमा पुर्याइदिनुहोला ।

 

सम्बन्धित खबरहरु