काठमाडौ । चर्चित बलिउड अभिनेत्री सन्नी लियोनीले कस्मेटीक सप सुरु गरेकी छिन् । अनलाईन सपको रुपमा उनले स्टार स्टक नामको अनलाईन कस्मेटीक सप खोलेकी हुन् ।

यो व्यवसाय सुरु गरेको केही समयमा नै निक्कै चर्चामा छ । उनले अहिले हरेक मेकअपका सामान ३० प्रतिशत छुटमा बेचिरहेकी छिन् । यो नेपाल, भारतमा मात्र नभएर विश्वभरी नै चर्चा पटुल्न थालेको छ ।

बलिउड अभिनेत्री सन्नी लियोनी नेपाल आइरहन्छिन् । उनले नेपाली फिल्म ‘पासवर्ड’ मा आइटम डान्स दिएकी थिइन् । केही अभिनयपनि गरेकी छिन् । उनी व्यवसायी र मोडल हुन् ।

उनीसँग क्यानडा तथा अमरीकाको दोहरो नागरिकता छ । उनी सन् २००३ मा पेन्टहाउस पेट अफ द इयर को लागि मनोनित भइन् र विविड इन्टरटेन्टमेन्ट को लागि अनुबन्धित स्टार भइन् । उनले स्वतन्त्र मुख्यधाराको फिलिमहरु र टीवी शोमा पनि भूमिका निभाई सकेकी छिन्।

सन्, २०१२ मा लियोनले पुजा भट्टद्वारा निर्देशित बलिउड चलचित्र जीसम २ मा अभिनय गरिन् । त्यसपछि अभिनयलाई कायम राख्दै उनले ज्याकस्पट (२०१३), रागिनि एमएमएस २ (२०१४) एक पहेली लिला (२०१५) मा अभिनय गरिन् ।

सन् २०११ मा उनी भारतिय टेलिभिजन कार्यक्रमबिग बोस मा सहभागी बनिन् । उनले अर्को टिभी कार्यक्रम स्प्लिट्सभिला मा पनि सञ्चालकको भूमिका निभाएकी छिन् । अभिनय जगत् भन्दा बाहिर उनले विभिन्न सामाजिक कार्यहरूमा पनि चाँसो राख्ने गरेकी छिन् ।

अमेरिकी क्यान्सर समाजका लागि चन्दा उठाउने सहयोग र पेटा, एक अमेरिकी जीवजन्तू अधिकार संस्था, का लागि उनले चेतना अभिवृद्धि कामहरूमा सहभागी भएकी छिन् । सन् २०११ देखि अर्का उनको विगतको चलचित्रका नायक लियोन ड्यानिल वेबरसँग वैवाहिक जीवनमा बाँधिएकी छिन् ।

 

सम्बन्धित खबरहरु