काठमाडौं । दोस्रो लहरको कोरोना महामारीका कारण पोखरा गत बैशाख २१ गते देखि लकडाउनमा छ । जिल्लामा अति आवश्वक बाहेक अन्य सवारी तथा व्यवसाय खुल्न सकेका छैनन् ।

जिल्ला प्रहरी कार्यलय कास्कीले लकडाउनलाई अझ कडाई गर्न थालेको छ । यो बीचमा मानिसहरु घरबाट अनेक निहुँ पारेर बाहिर निस्कन थालेपछि प्रहरीले थप कडाई गर्न लागेको हो ।

अझ मानिसहरु मर्निङ तथा इभिनिङ वाकको नाममा बाहिर निस्केपछि पोखराका केही ठाउँहरुमा प्रहरीको निगरानी बढेको छ । खास गरेर प्रेम गर्ने जोडिहरु जाने भनेर चिनिएको पोखराको लब्ली डाँडामा पनि प्रहरीले आफ्नो निगरानी बढाएको हो ।

त्यहाँ रहेका सयौं मानिसहरुको भागाभाग भयो । बेलुकी पख हावा खाने निहुमा पनि लब्ली डाँडामा धेरैको संख्या बढ्न थालेपछि लकडाउनको बेला भएका यस्तो कार्यलाई निरुत्साहित पार्न कास्की प्रहरी लागि परेको छ ।

सम्बन्धित खबरहरु