बिराटनगर । आफ्नै परिवारभित्र यस्ता घटना हुन्छन् जुन तत्कालै पत्यार लाग्न मुस्किल हुन्छ ।

मोरङको पथरी सनिस्चरे–१० मा एउटा घिनलाग्दो घटना भएको छ । मामा भान्जीपर्ने २६ बर्षिय युवा र लगभग १६ बर्षकी युवतीबीच सोच्नै नसक्ने घटना भयो ।

स्थानियका अनुसार त्यो बेलुका २ जनानै एक अर्कालाई समेत चिन्न नसक्ने अवस्थामा थिए ।

तर किशोरीले आफुलाई जबर्जस्ति गरेको भन्दै उजुरी दिएपछि त्यो दिनको घटना बाहिर आयो ।

खानपिनले चेत कम भएका बेला युवाले आफूलाई त्यो घिनलाग्दो कार्य गरेको उनको आरोपपछि ती युवालाइ इलाका प्रहरी कार्यालय पथरीले पक्राउ गरेको छ ।

युवकको घरमा पुग्दा यस्तो काम सहमतिमा २ जनाले नै स्वीकार गरेर भएको युवकको दावी छ ।

यसैले सजाय हुँदा २ जनालाईनै हुनुपर्ने गाँउलेहरुले माग राखेका छन् । उनलाई प्रहरीले सोहि दिन पक्राउ गरेको जनाएका छन् । ति युवकलाइ फसाउनलाइ सबैको खेल रहेको भन्दै आफन्त आक्रोशित भएका छन् ।

सम्बन्धित खबरहरु