काठमाडौ । कुनै घटना यस्तो फिल्मी शैलीमा भइरहेका छन् की विश्वास नै गर्न सकिन्न ।

काठमाण्डौँको भर्खरै यस्तै घटना भएको छ । निषेधाज्ञाको समयमा सुन्धारामा रहेको होटल प्रेसिडेन्टमा एक महिलाको लाश फेला पर्यो । तर घटना निक्कै शंकास्पद छ ।

विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा रहेको भनिएकी रजनी गुरुङको लाश होटलमा भेटिएको हो ।

होटलको कोठामा रहेको शिलिङमा उनी मृत अवस्थामा फेला परेकी हुन् । प्रहरीका अनुसार घटना निक्कै शंकास्पद छ । रजनी गुरुङले विगत पन्ध्र महिनादेखि अस्ट्रेलियामा छु भनेर घर परिवारलाई जानकारी दिइरहेकी थिइन् ।

महानगरिय प्रहरी परिसर काठमाडौका प्रवत्ता रमेश कुमार बस्नेतका अनुसार पोखरा घर भएकी उनी मृत अवस्थामा फेला परेपछि प्रहरीले अनुशन्धान थालेको छ ।

उनी मृत भन्ने थाहा पाएपछि प्रहरी पुग्यो । खानतलासी गर्दा उनी पोखराकी रजनी गुरुङ भन्ने पत्ता लाग्यो । त्यसपछि उनका परिवार झिकाईयो ।

अभिभावकको उपस्थितीमा परीक्षणका लागि पठाइएको बस्नेतको भनाई छ । मृतक गुरुङको मृत्यु कसरी भयो भन्ने बारेमा परीक्षण गरिपोर्टपछि मात्रै बताउन सकिने बस्नेतले बताएका छन् ।

तर रजनी गुरुङले घरपरिवारमा विगत पन्ध्र महिनादेखि अस्ट्रेलिया पुगिसके भनेर बताएका कारण उनले किन ढाँटिन् ? पन्ध्र महिनादेखि उनले के गरेर कहाँ बसिन् । यो सबै पत्ता लगाउन प्रहरीले गहिरो अनुशन्धान गरिरहेको छ ।

 

सम्बन्धित खबरहरु