काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) महामारीको दोस्रो लहरले निकै खलबली मच्चाएको छ ।

यस घातक भाइरसले थुप्रै परिवारलाई तहसनहस पार्यो ।

यो भाइरसले सम्पूर्ण परिवारलाई बर्बाद गरेका दृश्यहरु पनि बाहिर आएका छन् ।

कोरोनाको विनाशको कारण अहिलेसम्म भारतमा ५७७ बालबालिकाले आफ्ना बाबुआमा गुमाएका छन् ।

केन्द्रीय महिला तथा बाल विकास मन्त्री स्मृति ईरानीले मंगलबार राज्यको रिपोर्टलाई उद्धृत गर्दै गत १ अप्रिलदेखि ५७७ बालबालिका टुहुरा भएको बताइन् ।

उनीहरूले यस महामारीमा आमाबुबा दुवैलाई कोरोनाका कारण गुमाउनुपर्यो ।

इरानीले ट्वीट गर्दै भनेकी छिन्, ‘भारत सरकार कोभिड–१९ को कारणले आफ्ना आमाबुवा गुमाएको प्रत्येक बच्चालाई सहयोग र संरक्षण गर्न प्रतिबद्ध छ ।

यो राज्य र केन्द्र शासित प्रदेशहरु द्वारा सूचित गरिएको छ कि १ अप्रिलदेखि ५७७ बच्चाहरुका अभिभावक कोरोनाका कारण मरेका छन् ।’

इन्डिया टुडेका अनुसार कोभिड–१९ पछि आमा बुबाको मृत्युले अनाथ भएका बच्चाहरूको सम्बन्धमा सबै राज्यहरूसँग मन्त्रालय लगातार सम्पर्कमा छ ।

समाचरमा बाइएअनुसार यस्तो अवस्थामा प्रत्येक जिल्लामा १० लाख रुपैयाँ (भारु) बजेट राखिएको छ ।

अहिले, यी सबै बच्चाहरू उनीहरुका आफन्तहरूसँग छन् । ती बालबालिकाको हेरचाह गर्न महिला तथा बाल विकास मन्त्रालय राज्य सरकारसँग सम्पर्कमा रहेको भनिएको छ ।

सम्बन्धित खबरहरु