काठमाडौं । आज यस वर्षको पहिलो चन्द्रग्रहण लाग्दैछ ।

आज बुद्ध पूर्णिमापनि हो । सबै बुधबारपनि हो ।

यो बार र यो दिनको निक्कै महत्व छ । यो महासंयोग दुई बर्षमा परेको हो ।

काठमाडौंमा बुधबार साँझ ७ः५३ देखि ८ः३४ सम्म पेनम्ब्रल चन्द्रग्रहण लाग्ने भएको हो ।

यो चन्द्रग्रहण वैज्ञानिकहरूका लागि अध्ययनको विषय पनि भनिएको छ । नेपालबाट यो ग्रहण नांगो आँखाले नदेखिने हुँदा यसलाई प्राथमिकतामा राखिएको छैन ।

आजका दिनमा बार्नु नपर्ने कुरा यसअघि नै स्पष्ट पारिएको थियो । नासाका अनुसार पश्चिमी मुलुकहरूमा ‘सुपर ब्लड मुन’ अर्थात चन्द्रमा रगतजस्तो देखा पर्नेछ ।

बुधबारको चन्द्रमा पूर्णिमामा अरूबेला देखिनेभन्दा चम्किलो र अझ रातो देखिने हुँदा सुपर ब्लड मुनको रुपमा लिइएको हो । नेपाल एस्ट्रोनोमिकल सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले नेपालबाट सुपर ब्लड मुन नदेखिने बताउनुभयो ।

नासाका अनुसार उत्तर अमेरिका, दक्षिण अमेरिका र पूर्वी एसियामा सुपर ब्लड मुन देख्न पाइनेछ । आज चन्द्रमा पृथ्वीभन्दा करिब ३ लाख ५७ हजार ३११ किलोमिटर टाढा हुनेछ ।

अमेरिकाको हवाईबाट सबैभन्दा आकर्षक देखिने कुरा नासाले उल्लेख गरेको छ । त्यसपछि क्रमशः क्यालिफोर्निया, प्यासिफिक उत्तर–पश्चिमी मुलुक, न्युजिल्यान्ड र अष्ट्रेलियामा पनि आकर्षक नै देखा पर्नेछ ।

भारतमा आंशिक रुपमा चन्द्रग्रहण अगरतला, कोलकाता, चेरापुञ्जी, कूचबिहार, इम्फाल, इटानगर, गुवाहाटी, मालदा, कोहिमा, लुम्डि,, पुरी, सिलचर र दीघामा देख्न सकिनेछ । यी शहरहरुमा दिउँसो ३ः३० देखि ६ः३८ बजेसम्म रहनेछ ।

 

सम्बन्धित खबरहरु