काठमाडौं । मुहूर्त सकिदैँछ, जन्ती अझै आएनन् ।
होइन, अब जन्ती आउँदैनन् की क्या हो । दुलहीको घरमा छटपटी चल्यो ।
त्यही बेला दुलहाले तिम्रो छोरीसँग विवाह गर्न अस्वीकार गर्यो भन्ने सन्देश आयो ।
दुलहाको परिवारको कुरा सुनेर दुलहीको असहाय बुबा चकित भए, तर दुलही रातो पहिरनमा कोतवाली गइन् ।
उनलाई यो बुझ्नको लागि लामो समय लागेन कि त्यो सब ती युवकले गरेका थिए जसले उनलाई चेतवानी समेत दिएका थिए ।
दुलहीले प्रहरीलाई भनिन्, ‘जसले मेरो विवाह रोक्यो उसैसँग मेरो विहे होस् ।’
यस्तो अनौठो घटना सोमबार राती मोधा कोतवाली प्रहरीमा पुगेको थियो । प्रहरी पनि अलमल्लमा परेको छ । युवतीलाई प्रहरीले न्यायको आश्वासन दिएको छ ।
ति महिलाको विवाह हमीरपुरको छेउछाउको गाउँमा तय भएको थियो । २४ मेमा जन्ती आउनुपर्ने थियो । दिनभरीको तयारीपछि बेलुका जन्ती कुर्न थालियो ।
घर, परिवार, आफन्त र गाउँलेहरू सबै भेला भएका थिए, तर समय बित्यो, जन्ती आएन । यो जताततै कानेखुशी गर्न थालियो । दुलहीको परिवारले केटाको परिवारसँग फोन गरेर ढिलाइको कारण सोधे, जवाफमा केटाले विवाह गर्न इन्कार गरेको खुलासा भयो ।
केटी पक्षलाई ‘आकाश खस्यो, धर्ती फाट्यो’ भनेजस्तो भयो । उनीहरुले सोच्दै नसोचेको कुरा भयो । त्यसपछि, मान–मनौव्वल सुरु भयो तर केटापक्ष सहमत भएन् ।
राति कोतवाली आइपुगेकी केटीले प्रहरीलाई भनिन्, ‘मेरो बाबुको बाँडामा एउटा घर छ त्यहाँ उहाँ धेरै वर्षदेखि बस्नुहुन्थ्यो ।’ त्यहीँ गाउँको एकजना युवकसँग उनी प्रेम सम्बन्धमा परिन् ।
ति युवकले केटीका केहि भिडियो र तस्विरहरु पनि बनाएका थिए । जब केटीको परिवारलाई यसको बारेमा थाहा भयो, उनले त्यस केटासँग विवाह गर्ने कुरा गरे । तर ति युवकले विवाह गर्न मानेनन् । ति युवकले आफू पनि विहे नगर्ने र अरुलाई पनि गर्न नदिने भनेर चेतवानी दिएको बताइएको छ ।
ति युवतीका बुवा केटासँग डराए, अनी छोरीलाई लिएर गाउँमा आए । गाउँमा विवाह गरेर छोरीलाई कन्यादान गर्न चाहन्थे । यसैले गाँउकै अर्को केटा खोजियो । कुरा तब बर्बाद भयो जब यस विवाहको कुरा उनका पूर्वप्रेमीलाई जानकारी भयो ।
उनले ति युवत्तीसँग विवाह गर्न लागेका दुलहालाई आफुसँग भएका भिडियो र तस्विरहरु पठाए । तस्विर र भिडियो देखेपछि ति युवकले विवाह गर्न मानेनन् । घटनाले पिडामा परेका बाबुले छोरीको न्यायको लागि अपील गरिरहेका छन् ।
कोतवाली पुगेकी केटीले घोषणा गरिन् कि उनी प्रेमीलाई कहिल्यै माफ गर्ने छैनन् । उसलाई पाठ सिकाउन अब उनैसँग विवाह गर्न चाहान्छिन् । उनले प्रहरीलाई प्रेमी ल्याउन र बिहे गर्न बिन्ती गरेकी छिन् । कोतवाल प्रहरीका अनुसार ताराचन्द पटेल भन्छन कि घटनाको अनुसन्धान भइरहेको छ। पीडितलाई न्याय प्रदान गर्न प्रयत्न रहेको पनि उनले स्पष्ट पारेका छन् ।