सुर्खेत । सुन्दापनि अत्यास लाग्छ । सल्यान जिल्ला अस्पतालमा जेठ एक गते अक्सिजन प्लान्टको नाममा ४० लाख रुपैयाँमा खरिद गरिएको अक्सिजन कन्सन्ट्रेटर भनियो ।

अक्सिजन कन्सन्ट्रेटरको मुल्य मात्र २ लाख हो ।

२ लाखको काम गरेर ४० लाखको बिल बनेको खबर आएपछि यो विषय अख्तियारमा पुगेको छ ।

तर सोही कम्पनीलाई १८ लाख रुपैयाँमा अक्सिजन पाइपलाइन विस्तारको जिम्मा दिइएको छ । जबकी पाइपलाइन जोड्न कतिपनि पर्दैन ।

ड्रागन सप्लायर्सले करिव २ लाख पर्ने अक्सिजन कन्सन्ट्रेटरलाई ४० लाखको विल बनाएर रकम असुल्न खोजेपछि अख्तियारमा मुद्धा पर्यो ।

टेण्डरविना नै काम गर्न दिइयो । अहिले सोही कम्पनीलाई विना प्रतिस्पर्धा १५ शय्याको अस्पतालमा ९३ मिटर तामाको पाइपबाट अक्सिजन आपूर्तिको व्यवस्था गर्ने ठेक्का दिइएको छ ।

‘मुस्किलले सात लाखमा पाइपलाइन बन्ने देखिन्छ तर यहाँ आएको सबै १८ लाख नै त्यही शीर्षकमा खर्च गरेको देखाउने गरी काम भइरहेको छ ।

अस्पतालका एक कर्मचारी भन्छन्, ‘सार्वजनिक खरिद ऐन अनुसार कम्तिमा प्रक्रिया पुरा गर्नुपर्ने थियो, तीन दिने सूचना जारी गर्नुपथ्र्यो केहि गरिएन । बरु अक्सिजन प्लान्ट भन्दै अस्पताललाई कन्सन्ट्रेटर भिडाउने ठग कम्पनीलाई नै पोस्ने काम भएको छ ।’

उनले बजेट १८ लाख भए पनि लागत खर्चका आधारमा प्राविधिक जाँचपछि मात्रै भुक्तानी गरिने प्रतिबद्धता जनाए । ‘अक्सिजन कन्सन्ट्रेटरको पनि भुक्तानी दिइसकेका छैनौं ।

पाइपलाइनको त काम भइरहेको छ,’ श्रेष्ठ भन्छन्, ‘अहिले १५ वेडमा पाइपलाइनबाट अक्सिजन दिइरहेका छौं । प्राविधिक स्टिमेटअनुसार भुक्तानी गर्नेछौं ।’

 

सम्बन्धित खबरहरु