काठमाडौं । नेपाल प्रहरीका पूर्व प्रहरी नायव महानिरीक्षक (डीआईजी) रमेश खरेलको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको छ ।

कोरोना संक्रमण भएपछि करिब तीन सातादेखि नेपाल प्रहरी अस्पतालमा उपचाररत पूर्वडीआईजी खरेलको स्वास्थ्यमा सुधार आएको हो ।

शुरुमा खरेलको अवस्था केही जटिल भए पनि अहिले धेरै सुधार भइसकेको प्रहरी अस्पतालले जानकारी दियो ।

अस्पतालका अनुसार भर्ना हुने बेला पूर्वडीआईजी खरेलको निमोनियाका कारण फोक्सोमा समस्या थियो।

अहिले भने अवस्था धेरै सुधार भैसकेको छ ।

खरेलको अहिले पनि आईसीयूमा राखेर उपचार भइरहेको छ। यसअघि खरेललाई भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

यही गतिमा स्वास्थयमा सुधार आएमा यसै साता डिस्चार्ज हुने अपेक्षा गरिएको छ ।

 

सम्बन्धित खबरहरु