काठमाडौ । राष्ट्रपति विद्या देवी भण्डारीसँग चिनियाँ राष्ट्रपति सी चिनफिङको वार्ता भएको छ । उहाँहरुबीच आज फोनमा कुराकानीको भएको हो । कुरानकानीको क्रममा चीनले नेपाललाई कोरोना बिरुद्धको खोप अनुदान सहयोगमा नेपाललाई उपलब्ध गराउँने घोषणा गरेको छ ।

कोरोना भाइरस (कोभिड– १९) बिरुद्धको एक मिलियन ( १० लाख ) डोज खोप दिने चिनियाँ राष्ट्रपतिको प्रतिवद्धता आएको नेपालस्थित चिनियाँ राजदूतावासले जनाएको छ । चिनियाँ राजदूत राजदूत होउ यान्छीले ट्वीट गर्दै यो कुराको जानकारी दिनुभएको छ ।

यता आज दुई देशका प्रथम व्यक्तिहरुबीच झण्डै एक घन्टा संवाद भएको राष्ट्रपति कार्यालयले जनाएको छ । भेट कोरोना भाइरसको महामारीका विषयमा केन्द्रित रहेको थियो ।

संवादमा चिनियाँ राष्ट्रपति सीले नेपालको पछिल्लो अवस्थाबारे चासो राख्दै सहयोगको प्रतिवद्धता व्यक्त गरेको राष्ट्रपति निकट स्रोतले जनाएको छ । यसअघि चीनले अनुदानस्वरुप दिएको सिनोफार्म भ्याक्सिन र अक्सिजन सिलिन्डर सहयोगको विषयबारे पनि उल्लेख भएको थियो ।

राष्ट्रपति भण्डारीले थप भ्याक्सिन पठाउन आग्रह गर्नुभएको थियो । साथै उहाँले चीनले दिदै आएको सहयोगप्रति धन्यवाद व्यक्त गरेको बुझिएको छ ।

फोनवार्तामा नेपालको पछिल्लो राजनीतिक घटनाक्रमबारे कुरा भए नभएको उल्लेख गरिएको छैन । तर, निकट स्रोतले चिनियाँ राष्ट्रपतिले नेपालको विकसित राजनीतिक घटनाक्रमबारे समेत चासो राखेको बुझिन्छ ।

उहाँले नेपालको पछिल्लो घटनाक्रममा चासो दिँदै राजनीतिक स्थिरतामा जोड दिएको बुझिएको छ । यसअघि चिनियाँ पक्षसँग नेपालका मुख्य राजनीतिक दलका नेताहरुले भर्चुअल कुराकानी गरेका थिए । यो कुराकानी कोरोना भाइरसको महामारीमा सहयोगका विषयमा केन्द्रित थियो ।

https://twitter.com/PRCAmbNepal/status/1397520476625276928

 

सम्बन्धित खबरहरु