काठमाडौं । त्रिभुवन विश्वविद्यालय शिक्षाध्यक्षको कार्यालय कीर्तिपुर, काठमाडौंले महत्वपूर्ण सूचना जारी गरेको छ ।

शिक्षाध्यक्ष प्रा.डा. शिवलाल भुसालले जारी गरेको सूचनामा भनिएको छ, ‘विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरस (कोभिड–१९) को नेपालमा जोखिम नियन्त्रणका लागि विशेष सचेतता अपनाई पूर्वतयारी एवं सतर्कता अवलम्बन गर्न आवश्यक रहेकोले देशका अधिकांश स्थानहरुमा नेपाल सरकारका स्थानिय निकायहरुबाट निषेधाज्ञा–लकडाउन लागू गरिएको कारणले मौजुदा अवस्थामा त्रिभुवन विश्वविद्यालय अन्तर्गत भौतिक उपस्थितिमा सञ्चालनमा रहेका सबै पठनपाठन र परीक्षाहरु स्थगित गर्नुपरेको र यस असहज परिस्थितिमा पनि विद्यार्थीको नियमित पठनपाठन अवरुद्ध हुन नदिनका लागि त्रिविका सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसका सैद्धान्तिक कक्षाहरू र सम्भव भएसम्मका प्रयोगात्मक कक्षाहरु बैकल्पिक विधिबाट सञ्चालन गरिएकोले यस कार्यमा संलग्न सबै शिक्षक, कर्मचारीहरुलाई कार्यकारी परिषदको निर्णयानुसार धन्यवाद ज्ञापन गरिन्छ ।’

सूचनामा अगाडि भनिएको छ, ‘यस्तो संवेदनशील एवम् विषम परिस्थितिसँग जुध्न स्वास्थ्यका सबै मापदण्ड अपनाई सुरक्षित रही आ–आफ्नोतर्फबाट हुन सक्ने र गर्न सकिने सबै प्रकारको सहयोग अगाडि बढाउनु पर्ने दायित्व बोध गर्दै विद्यार्थीहरुको शैक्षिक गतिविधि अवरुद्ध हुन नदिन प्रयत्नशील हुन आवश्यक रहेको सन्दर्भमा अन्य व्यवस्था विश्वविद्यालयको मिति २०७८–०१–१७ को सूचना अनुसार हुनेगरी तपसील बमोजिम थप व्यवस्था मिलाउन सम्बन्धित निकायहरुलाई निर्णयानुसार अनुरोध गरिन्छ ।’

(क) त्रि.वि.का सम्पूर्ण आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा बैकल्पिक विधि मार्फत सुचारु भइरहेका सैद्धान्तिक कक्षाहरू र प्रयोगात्मक कक्षाहरुलाई निरन्तरता दिंदै सञ्चालन हुन बाँकी रहेका सबै कक्षाहरु सुचारु गर्ने । रोकिएका परीक्षाहरु पनि उपयुक्त समयमा लिने सम्बन्धमा आवश्यक गृहकार्य गरी व्यवस्था मिलाउने ।

(ख) असहज परिस्थितिको अन्त्य नहुञ्जेलसम्म शिक्षकहरुले आफ्नो क्याम्पस–कार्यालयमा भौतिक उपस्थिति जनाइ
रहनु नपर्ने । यस अवस्थामा सबै शिक्षकहरुलाई सम्बन्धित निकाय प्रमुखले कोभिड काज जनाउने ।

तर सबै पदाधिकारी, शिक्षक, कर्मचारीहरु आ–आप्mनो निकाय प्रमुखसँग सम्पर्कमा रहने र अत्यावश्यक परेको अवस्थामा
कार्यालयमा उपस्थित भइ कार्य सम्पन्न गर्ने ।

(ग) वर्तमान असहज परिस्थितिलाई मध्यनजर गरी हिउँदे–बर्षे विदा पाउने शिक्षक, कर्मचारी र विद्यार्थीहरुका लागि यस बर्षको बर्षे विदाको व्यवस्था नगर्ने ।

सम्बन्धित खबरहरु