काठमाडौं । घाम बेस्सरी लाग्यो भने नेकपा एमालेका आशा गरिएका दोस्रो पुस्ताका नेता योगेश भट्टराई, गोकर्ण विष्ट पार्टी अध्यक्ष केपी शर्मा ओलीको कित्तामा दौडिहाल्छन् ।

फेरी बादल लाग्न थाल्यो की त्यही दिन उनीहरु वरिष्ठ नेता मावकुमार नेपालको कित्तामा दौडिएर आउँछन् । यसैले केपी ओली भन्नुहुन्छ आगो लिन वल्लो घर आएको केटो फुत्तै कतिबेला अर्कोतिर जान्छ थाहै हुँदैन ।

योगेश र गोकर्णलाई जोडिर सामाजिक सञ्जालभरी अहिले त्यही चर्चा छ । उनीहरुले फेरी कित्ता बदलेका छन् ।

केही दिन अघि मात्र माधव नेपालको कित्तामा उभ्भिन सकिएन भन्दै यताका कार्यकर्ताको प्रशंसा बटुलेका उनीहरुले आज फेरी अर्को कित्ताको प्रशंसा खाइरहेका छन् ।

आज प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नेकपा (एमाले) माधवकुमार पक्षका १५ स्थायी कमिटि सदस्यहरुको सामूहिक वक्तव्यमा उनीहरुपनि समावेश छन् । ओलीको गाली पत्रमा हस्ताक्षर गर्न पुगेपछि अब उनीहरु ओलीको कित्तामा आउँछन् भनेर विश्वास गर्न छोडिएको छ । जारी वक्तव्य गाली पत्र बराबरको छ ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) को नवौं राष्ट्रिय महाधिवेशनको मार्ग निर्देशन र पार्टी विधानको ठाडो उल्लंघन गर्दै कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठन गरी स्वयं अवैध अध्यक्ष बनेको ओलीमाथि गम्भीर आरोप लगाउँदै वक्तव्य जारी गरिएको हो ।

अध्यक्ष एवं प्रधानमन्त्री ओलीले एकपछि अर्को स्वेच्छाचारी काम गरिरहेको पनि आरोप लगाइएको छ । वक्तव्यमा भनिएको छ, ‘पार्टी महाधिवेशनको निर्णय र पार्टी विधान अनुरुप पार्टी सञ्चालन हुनुपर्ने आवाज उठाउने पार्टीका नेता र कार्यकर्ता र सांसदहरु विरुद्ध अत्यन्त निरंकुश र हैकमवादी शैलीले पटक–पटक कथित कारबाहीको डण्डा चलाइएको छ ।’

प्रधानमन्त्री ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई बहुमतको प्रधानमन्त्री मान्दै हस्ताक्षर गरेका केही नेताहरुलाई पार्टीबाट निकाल्ने निर्णय गरेका थिए । महाधिवेशनबाट निर्वाचित पदाधिकारी समेतका नेताहरु एवम् सांसद गरी ११ जनालाई पार्टी सदस्यबाट निष्काशन गरिएको थियो भने १२ जनालाई स्पष्टीकरण सोधिएको छ ।

स्थायी कमिटी सदस्यहरुले अन्य विभिन्न विषयमा वक्तव्यमा चर्चा गरेका छन् । हालै नेपाल पक्ष छोडेका भनिएका केहि नेताहरुको नाम पनि आएको छ । योगेश भट्टराई र गोकर्ण बिष्टले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री मानेर हस्ताक्षर गरेका थिएनन् । तर अहिले फेरी एउटै कित्तामा उभिएका छन् ।

स्थायी कमिटी सदस्यहरु

  • झलनाथ खनाल
  • माधव कुमार नेपाल
  • युवराज ज्ञवाली
  • अष्टलक्ष्मी शाक्य
  • भीम रावल
  • घनश्याम भुसाल
  • भीम आचार्य
  • गोकर्ण बिष्ट
  • योगेश भट्टराई
  • सुरेन्द्र पाण्डे
  • मुकुन्द न्यौपाने
  • रघुजी पन्त
  • बेदुराम भुसाल
  • अमृत कुमार बोहरा पदेन स्थायी कमिटी सदस्य
  • प्रमेश हमाल पदेन स्थायी कमिटी सदस्य

सम्बन्धित खबरहरु