काठमाडौ । कोरोना भाइरस (कोभिड–१९) बाट नेकपा एमालेका पूर्व सांसद तथा अखिल किसान महासंघका केन्द्रीय उपाध्यक्ष रत्नप्रसाद शर्मा न्यौपानेको निधन भएको छ ।

उहाँ नेकपा एमाले कर्णाली प्रदेश कमिटी सदस्य समेत हुनुहुन्थ्यो । जाजरकोटले निष्ठा, संघर्ष, त्याग अनि शालिनताको उदाहरण पूर्व न्यौपानेलाई ५५ बर्षको अल्पआयूमा नै गुमाएको छ ।

उहाँ जाजरकोटबाट प्रतिनिधित्व गर्ने पूर्व सांसद हुनुहुन्थ्यो । कोभिडका कारण काठमाडौंमा उपचारकै क्रममाआज मृत्युु भएको पुष्टि भएको छ । उनकी धर्मपत्नी राधिका, छोरा डा. मदनरत्न , मनोज र ८५ बर्षीया बावु हुनुहुन्छ ।

मतदाता पहिचान प्रमाणपत्र र मौन अवधि
लुम्बिनी प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको यही जेठ १७ गते सोमबार हुने उपनिर्वाचनमा मतदाता परिचयपत्रका साथै नागरिकताको प्रमाणपत्र र राष्ट्रिय परिचयपत्र देखाएर पनि मतदान गर्न सकिनेछ । निर्वाचक मण्डलको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले प्रदेशसभा सदस्य, गाउँपालिकाको अध्यक्ष वा उपाध्यक्ष तथा नगरपालिकाको प्रमुख वा उपप्रमुखमा निर्वाचित भएको प्रमाणपत्रका आधारमा पनि मतदान गर्न सकिने छ ।

निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाउन सम्बन्धित निर्वाचन अधिकृतलाई निर्वाचन आयोगले निर्देशन दिएको प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । यसैबीच उक्त उपनिर्वाचनका सन्दर्भमा आज राति १२ः०० बजेदेखि निर्वाचन मौन अवधि शुरु हुँदैछ । मौन अवधिमा निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने मात्र होइन, मौन अवधि शुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरि राखिएका आ–आफ्ना निर्वाचन चिह्न तथा प्रचारप्रसारका सामग्री हटाउनुपर्नेछ ।

एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न र उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन र प्रसारण गर्न नहुनेतर्फ हेक्का राख्न आयोगले सबैसँग अनुरोध गरेको छ ।

सम्बन्धित खबरहरु