काठमाडौ । रामेछाप, रामेछाप नगरपालिका-४ पामतीमा ना.६ त ६८३६ नम्बरको ट्याक्टर सडकबाट करिब ३ सय मिटर तल खसेर मंगलबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार लिखुतामाकोसी गाउँपालिका-१ दुरागाउँ बस्ने ५५ वर्षीय लालसिहं सुनुवारको घटनास्थलमै मृत्यु भएको छ ।

साथै दुर्घटना परी घाइते भएका सोही ठाउँ बस्ने १९ बर्षीय सन्तोष सुनुवार समेत २ जनालाई उपचारको लागि जिल्ला अस्पताल रामेछापडाँडा पठाइएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बाँके, राप्तिसोनारी गाउँपालिका-२ अगैया बजार बस्ने ५६ वर्षीय कृष्णबहादुर कुमालको ना.४ ख ८६६८ नम्बरको ट्रकले च्यापिएर मंगलबार साँझ मृत्यु भएको छ ।

सोही ठाउँमा रोकी राखेको उक्त ट्रकमुनि बसिरहेको अवस्थामा ट्रकचालक दाङ तुलसीपुर उपमहानगरपालिका-८ बस्ने २७ बर्षीय योगेन्द्र बहादुर वलीले ट्रक चलाउने क्रममा च्यापिएर गम्भीर घाइते भएका कुमालको नर्सिङ होम नेपालगंजमा उपचारको क्रममा मृत्यु भएको हो । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, सुरुङा नगरपालिका-७ चकदहमा स.१ त १४६७ नम्बरको ट्याक्टरबाट लडेर सोही ठाउँ बस्ने २० वर्षीय प्रदिप यादवको मंगलबार राति मृत्यु भएको छ । माटो लोड गरेको उक्त ट्याक्टरबाट अचानक लडेर गम्भीर घाइते भएका उनको सप्तऋषि अस्पताल लहान सिरहामा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।
तनहुँ, शुक्लागण्डकी नगरपालिका-१२ धामीकुनामा ग.१ त ६८१८ नम्बरको ट्याक्टरबाट लडेर ट्याक्टरमा सवार सोही ठाउँ बस्ने २५ वर्षीय राजु पौडेलको गएराति मृत्यु भएको छ ।

लडेर गम्भीर घाइते भएका उनको तनहुँ सेवा अस्पताल दुलेगौडा हुँदै चरक हस्पिटल पोखरामा थप उपचारको क्रममा मृत्यु भएको हो । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित खबरहरु