काठमाडौ । चर्चित कार्यक्रम प्रस्तोता रवि लामिछानेपनि विवादमा पर्न थालेका छन् । उनको सम्पत्ति छानविनको माग गर्न थालिएको छ । एउटा नगदी रसिद समाजिक सञ्जालमा आएपछि उनको सर्वत्र आलोचना भएको हो । त्यो रसिदमा देखिएको रकम सानो छैन ।

रवि लामिछाने फाउण्डेशनलाई सहयोग दिएको रसिदमा ( एकतीस लाख एकाउन्न हजार ) ३१ लाख ५१ हजार अक्षरमा ३१,५१०००।– देखिएको छ । यो रकम सहयोग दिएको देखिएको छ ।  त्यो पनि नगद ? दिनेकोपनि यति ठूलो रकम दिने हैसियत छ जस्तो लागेन । गैरकानुनी पैसाको प्लेसमेण्ट गर्ने अखडा बनाएछन् रवि दाजुले भनेर एक जना समाजिक सञ्जाल प्रयोगकर्ताले लेखेका छन् ।

कमेण्टमा धेरैले रवि लामिछानेको सम्पत्ति छानविनको माग गरेका छन् । यो रकम दिनेमा ज्वाला संग्रौला, राम श्रेष्ठ, सुनिता गुरुङ्ग, सर्मिला वाईबा र साथीहरु भनिएको छ । यति ठूलो रकम के माध्यमबाट आयो ?

https://twitter.com/davils_advocate/status/1397735645926154242

कसरी आयो ? कुन प्रायोजनका लागि आयो र कहाँ खर्च भयो ? राज्यले हेरोस् भनिएको छ । यो रसिद सक्कली नै भएको रवि फाउण्डेशनको तर्फबाट रवि लामिछाने स्वयंले पुष्टि गरेका छन् । दाता ज्वाला संग्रौला, राम श्रेष्ठ, सुनिता गुरुङ्ग, सर्मिला वाईबा र साथीहरुले आफ्नै सम्पत्ति दिएका हुन् वा यसको स्रोत के हो खुलाएर आलोचना हुनबाट बच्नका लागि यो सामाग्री प्रस्तुत गरिएको छ ।

https://twitter.com/hamrorabi/status/1397760169132498947

यो समाचार आएपछि रविले प्रतिक्रिया दिएका छन् । हो सर, यो हामीले नै दिएको रशिद हो । देशमा बाढी आउदापनि यसरी नै ५२ वटा घर बनाएको, कालीकोटमा यसरी नै अस्पताल बनाएको । अहिले गरीबको निःशुल्क उपचार, अक्सिजन सिलिन्डर, कन्सन्ट्रेटरहरु, भेन्टिलेटर खरिद । कानुनको अधिनमा रहेर देशलाई आपत पर्दा जनहितको काम गरिरहन्छौं । लिएर मात्र होइन आफूलेपनि सक्दो दिएर ।

तर रकम दिने ज्वाला संग्रौला, राम श्रेष्ठ, सुनिता गुरुङ्ग, सर्मिला वाईबा र साथीहरुबाट कुनै प्रतिक्रिया आएको छैन । प्रतिक्रिया आएपछि प्रकाशन गरिनेछ ।

सम्बन्धित खबरहरु