जनबोली, धार्मिक ब्यूरो । हिन्दू धर्ममा वास्तुशास्त्रको आफ्नै महत्त्व छ । हरेक शुभ काम गर्नु अघि वास्तुदोष पक्कै पनि हेर्ने गरिन्छ । त्यस्तै, हिन्दु धर्ममा गहनाको पनि ठूलो महत्त्व छ ।

यो मान्न सक्नुहुन्छ कि गहना लगाउनु हिन्दू धर्मको विशेष परम्परा हो । विवाह वा कुनै अन्य शुभ अवसरहरूमा गहना लगाउनुको विशेष महत्त्व रहेको छ । शास्त्रहरुका अनुसार सुनका गहनाहरु कम्मरभन्दा तल लगाउनु हुँदैन ।

तर किन ? आज हामी तपाईंलाई यसको कारण बताउन गइरहेका छौँ । धार्मिक मान्यता अनुसार सुन भगवान विष्णुलाई एकदम मन पर्दछ, किनकि सुन लक्ष्मी जीको रूप हो ।

त्यसकारण शरीरको तल्लो भागमा सुन लगाउनु हुँदैन । खुट्टामा सुनका पायल र बुट्टा लगाउनु भगवान विष्णुलगायत सबै देवीदेवताहरूको अपमान हो । त्यसैले यदी तपाईंले कतै यस्तो गल्ती गरिरहनु भएको छ भने त्यसले भगवान रिसाएर लाभ नहुन सक्छ ।

यसका पछाडि धार्मिक मात्रै नभएर वैज्ञानिक कारण पनि लुकेको छ । आउँनुहोस वैज्ञानिक धारणा पनि जानकारी लिउँ । यस्तो विश्वास गरिन्छ कि सुनका गहनाहरूले शरीरलाई तातो बनाउँदछ ।

अर्कोतिर चाँदीले शरीरलाई शीतलता प्रदान गर्दछ । यस अवस्थामा, कम्मर भन्दा माथि सुन र कम्मरको तल चाँदीको गहना लगाएर शरीरको तापक्रम सन्तुलित राख्न सकिन्छ ।

यसो गर्नाले धेरै रोगहरूबाट मुक्त भइन्छ । शरीरभरि सुनका गहनाहरू लगाउँदा शरीरमा समान मात्रामा उर्जा उत्पन्न हुन्छ । यसले शरीरलाई अस्वस्थ्य बनाउन सक्छ। साथमा धेरै रोगहरू निम्त्याउँन सक्ने विज्ञहरुको चेतावनी रहेको छ ।

यदि महिलाहरुलाई खुट्टाको हड्डीमा समस्या छ भने, उनीहरुले चाँदीको पायल लगाउन सक्छन् । किनभने, हड्डी र जोर्नीहरूको दुखाइ कम गर्न पायलहरू खुट्टाहरूमा रगडिन्छन् । ज्योतिषशास्त्रका अनुसार पायल लगाउने खुट्टामा केतुको स्थान हुन्छ ।

यदि केतुलाई चिसोपन छैन भने यसले सँधै नकारात्मक सोचको साथ कष्ट दिइरहने गर्दछ । तसर्थ, धैर्यशक्ति वृद्धि गर्न, चाँदीको पायल लगाउनु सबैभन्दा उक्तम हुने विश्वास गरिन्छ ।

 

सम्बन्धित खबरहरु