काठमाडौ । विश्वमा यस्ता देश अति कम छन् । जहाँ इतिहासको कालखण्डमापनि कहिलै एउटै छैनन् । तर ती देशको हावापानी, भू–बनावट देखि जाति, धर्म, रितिरिवाज र रहनसहन मात्र हैन ।

भाषाको एउटै लिपी छ । एउटै लवज र संरचना छ । हो नेपाल भारतबीच विश्वमा नभएको समानता छ तर कही नभएको असमानतापनि छ । विश्वका धेरै देशहरुका एक अर्काका सबै कुरा मिलेपनि अहिले अलग छन् तर कुनै समय उनीहरु एक ठाउँ थिए ।

एकै राष्ट्र थिए र समानता भएको विश्वास गरिन्छ । तर नेपाल र भारत मानव सभ्यतादेखि अहिलेसम्म एकै भएको कुनै इतिहास नै छैन । बरु भारत महाभारतबाट फुटेर गएको विश्वास गरिन्छ तर नेपाल सत्य, त्रेता, द्वापर, कलि सबै यूगमा स्वतन्त्र मुलुक हो ।

भारत र नेपाल विश्वका दुई देशहरू हुन् जसको बहुसंख्यक जनसंख्या हिन्दू हो । दुबै मुलुकमा धार्मिक समानता मात्र छैन सांस्कृतिक समानता पनि छ। यदि हामी हिन्दी र नेपाली भाषामा पनि हेर्छौं भने स्क्रिप्ट देवनागरी मात्र होइन शब्दावली पनि उस्तै हो। नेपालका जो कोही हिन्दी पढ्न सक्छन् । भारतका नागरिकपनि नेपाली बोल्न नै नसकेपनि पढ्न र बुझ्न सक्छन् ।

एउटा उखान जस्तै शब्दावली उच्चारणपनि प्रायः भनिन्छ कि नेपाल र भारतबीच रोटी–बेटीको सम्बन्ध छ। अर्थात पारिवारीक सम्बन्ध र खानपानको सम्बन्ध छ । नेपालको सिमाना भारतसँग तीन तर्फ जोडिएको छ र एकातिर तिब्बतको सिमानासँग जोडिन्छ । यति धेरै भए पनि नेपाल र भारतबीचको सम्बन्ध आजकल ठीक छैन।

प्रधानमन्त्री नरेन्द्र मोदीले अन्तिम कार्यकालमा चार बर्ष भित्र तीन पटक नेपालको भ्रमण गरेका थिए। मोदीले नेपालसँगको सम्बन्ध सुधार गर्न धार्मिक मार्गको प्रयोग गरे। तर नियत सुधारेनन् । यस भ्रमणमा मोदी सीधै जनकपुर र त्यसपछि मुक्तिनाथ हुँदै पशुपतिनाथको दर्शन गरे ।

तरपनि सम्बन्ध सुधार हुन सकेन । यी दुबै ठाउँहरू हिन्दुहरूका लागि महत्त्वपूर्ण छन्। जनकपुरको मन्दिरमा पूजा गरेपछि मोदी काठमाडौं गए। अघिल्लो भ्रमणमा मोदीले पशुपतिनाथ मन्दिर पनि भ्रमण गरे। यो स्पष्ट छ कि जब मोदी नेपालको मन्दिरमा जान्छन, दुबै देशहरुमा उसको दिमागमा धार्मिक पहिचानको व्यापक समानता भएको देखिन्छ ।

यद्यपि मोदीसँगको नेपालसँगको सम्बन्ध ऐतिहासिक हिसाबले धेरै हिसाबले बिग्रिएको छ । किन यस्तो छ ? यो धेरै नेपाली र भारतीयलाई थाहा हुन थालेको छ । नेपाल र भारतमा खुला सीमाना छ । यस कारण यहाँ लाखौ भारतीय आएका छन् । लाखौँ नेपाली भारतमा छन् ।

तर नेपालभारतबीच अहिलेपनि हेपाह प्रवृत्ती छ । नेपालमा भएका भारतीयलाई नेपालीले तुच्छ शब्दले बोल्ने भारतमा नेपाली भए भारतीयले नेपालीलाई होच्याएर बोली ब्यवहार गर्ने गर्दा जनस्तरमा नै सम्बन्ध बिग्रिदै गएको छ । यसको कारण नेपाली र भारतीय जनता हैनन् । इतिहासको कालखण्डमा बेलायतले नेपालमापनि कब्जा जमाउन खोज्यो ।

असफल भयो । तर भारतमा उसले कब्जा नै जमायो । लामो समय बेलायत भारतमाथी राज गर्न बस्यो । उसले नेपाल र भारतीयबीचको भावना बुझेर काम गर्ने कुरा नै भएन । नेपालमाथी कब्जा गर्न नसकेपनि विभिन्न सन्धि सम्झौतामा नेपाललाई गलाउँदै गयो । सन् १९५० को सन्धिबाट नेपालले धेरै भूमि गुमाउनु पर्यो । पूर्वमा टिष्टा नदीसम्मको नेपालको सीमाना खुम्चियो ।

यो नेपालका अघिल्लो पुस्ताले मात्रै भोगेको भोगाई हो यही कारण नेपालीहरु भारतीय प्रति रुष्ट बने । त्यसपछिपनि नेपालीप्रति गरिने बेलायत स्वशासित भारतको धारण बदलिएन । विभिन्न सन्धि गरेर नियन्त्रणमा राखि नै रह्यो । पछि भारत बेलायतबाट स्वतन्त्र भयो । तर भारतले बेलायत हुँदा गर्दाको व्यबहार परिवर्तन गरेन ।

बेलायतको रोग भारतमा रहेको कर्मचारीतन्त्रमा सरीसकेको थियो । त्यही रोगले नेपाल र नेपालीमाथी उनीहरुले गलत नजर लगाई नै राखे । यसैले अहिलेसम्म आउँदा समेत नेपाल र भारतबीच कालापानी, लिपुलेक, लिम्पियाधुरा र सुस्ताको ठूलो भूभाग विवादमा परेको छ । नेपालले दावी गरेको भूमिमा भारतको कब्जा छ । उसले राखेको सेना हटाएको छैन । नेपाली भूमिमा सडक बनाएर कब्जाको रिहर्लशन गरिरहेको छ ।

यो मोदी सरकार आएपछि हुन थालेको अर्को अध्याय थियो । यसैले मोदी सरकारप्रति त नेपाली झनै रुष्ट छन् । यति मात्र हैन भारतका प्रथम प्रधानमन्त्री जवाहरुलाल नेहरुले नै नेपाललाई भारतमा गाभ्नेगरी गलत दृष्टि बनाएको कुराहरु बाहिर आइरहेको हुन्छ ।

यो प्रस्ताव भारतको स्वतन्त्रता संग्राम सेनानी एवं स्वतन्त्र भारतको प्रथम गृहमन्त्री सरदार वल्लभ भाइ पटेलले प्रधानमन्त्री नेहरुको बचन हो भन्दै राखेको नेपालका इतिहास जानकारहरु बताउँथे । यसैले नेपाल र भारतबीच सबै समानता छ तर भारतका जुनसुकै शासकको गलत दृष्टिका कारण नेपाल जहिलै रुष्ट छ । सम्बन्ध राम्रो बन्न सकेको छैन ।

योपनि

भारतमा नै भेटिए १९४७ अघिका कागज जसले प्रमाणित गर्यो चुच्चे नक्शासम्मको जमिन नेपाल कै हो

नेपाललाई लिपुलेकदेखि सिक्किमसम्मको भूमि फिर्ता ल्याउने सुनौलो अवशर

सम्बन्धित खबरहरु