काठमाडौ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले संसद विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा लैजाने आदेश दिएका छन् । सर्वोच्च अदालतको बिहीबार प्रधानन्यायाधीश जबराको एकल इजलासले संसद विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासबाट फैसला गर्नेगरी इजलास गठन गर्न आदेश दिएको हो । बिहीबार जबराको इजलासमा संसद विघटनसम्बन्धी १९ वटा रिटमाथि सुनुवाइ भएको थियो ।

सुनुवाइ सकिएपछि उनले भने ‘यो सबै संवैधानिक इजलासमा जान्छ, अब त्यहीँ बहस गर्ने हो ।’ संसद विघटनसम्बन्धी ११ वटा रिट यसअघि नै संवैधानिक इजलासमा दर्ता भएका छन् । ती रिटमाथिको सुनुवाइ शुक्रबारका लागि तोकिएको छ ।

अक्सिजन प्लान्टका लागि एक करोड ३५ लाख सहयोग
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल कोभिड युनिटका लागि आवश्यक अक्सिजन व्यवस्था गर्न अक्सिजन प्लान्ट र आवश्यक स्वास्थ्य उपकरण व्यवस्था गर्न लागि विभिन्न सहकारी संस्था, सङ्घसंस्था र दाताबाट आर्थिक तथा भौतिक सहयोग प्राप्त हुने क्रम जारी छ । यसै क्रममा बिहीबार मात्र रु ७१ लाख ३१ हजार ९२७ बराबरको आर्थिक सहयोग प्राप्त भएको छ । भक्तपुर नपाको प्रकोप व्यवस्थापन कोषमा यही जेठ ५ देखि १३ गतेसम्ममा रु एक करोड ३४ लाख ६९ हजार ६२५ सहयोग प्राप्त भएको छ ।

भक्तपुर नपाभित्रका सहकारी संस्थाबाट बिहीबार प्राप्त सहयोगमा सदिच्छा बचत तथा ऋण सहकारी संस्थाबाट रु ११ लाख ११ हजार १११, दियालो बचत तथा ऋण सहकारी संस्थाबाट रु एक लाख, सञ्चित बचत तथा ऋण सहकारी संस्थाबाट रु एक लाख, झींगु बचत तथा ऋण सहकारी संस्थाबाट रु एक लाख, लोकेश्वर बचत तथा ऋण सहकारी संस्थाबाट रु एक लाख ११ हजार १११, महेश्वरी बचत तथा ऋण सहकारी संस्थाबाट रु एक लाख १९ हजार ६५५ रहेको छ ।

त्यस्तै सुकुन्दा बचत तथा ऋण सहकारी संस्थाबाट रु दुई लाख, चोछेँ छुमा गणेश बचत तथा ऋण सहकारी संस्थाबाट रु एक लाख ११ हजार १११, जय भीमसेन बचत तथा ऋण सहकारी संस्थाबाट रु ५० हजार, विकास बचत तथा ऋण सहकारी संस्थाबाट रु २५ हजार, आवश्यक कृषि सहकारी संस्थाबाट रु पाँच हजार, श्री श्रद्धा बचत तथा ऋण सहकारी संस्थाबाट रु ५० हजार ५५५, आधुनिक कृषि सहकारी संस्थाबाट रु २५ हजार ६०, यक्षेश्वर बचत तथा ऋण सहकारी संस्थाबाट रु एक लाख र कस्मिक बचत तथा ऋण सहकारी संस्थाबाट रु दुई लाख सहयोग प्राप्त भएको नगरप्रमुख सुनिल प्रजापतिले बताउनुभयो ।

त्यस्तै व्यक्तिगत तर्फबाट स्व कृष्ण गोसाई÷लक्ष्मी थकु गोसाईले रु १२ हजार ३३, कविन्द्र शाक्य/सुनिला माकले रु ३० हजार, हरिबहादुर कवांले रु ५० हजार ५०५, श्री सिद्धी गणेश मोटर पार्टस्बाट रु १० हजार १००, कृष्णप्रसाद ताम्राकारबाट रु एक लाख, कमलश्वरी सुवालबाट रु पाँच हजार, सुबिन कवां (हाल अमेरिका)बाट रु २० हजार, नाति कवांबाट रु २० हजार, विश्वराम कवांबाट रु एक लाख, मीनबहादुर ग्वाछाबाट रु पाँच हजार, प्रा डा सिद्धिवीर कर्माचार्यबाट रु एक लाख चार हजार ४४४, आशकुमार कोजुबाट रु एक लाख र सत्यनारायण सुवालबाट रु २५ हजार ५५५ आर्थिक सहयोग जुटेको छ । तुल्सीकृष्ण बाटीबाट रु ५० हजार, बाबुराजा ह्यौम्बाबाट रु ११ हजार १११, रामबहादुर कसपालबाट रु १० हजार, जयसुन्दर हाडाबाट रु ५० हजार, तुल्सीमाया सुवालबाट रु एक लाख, रामप्रसाद प्रजापतिबाट रु एक लाख पाँच हजार, हरिकृष्ण महर्जन चन्द्रागिरिबाट रु ५० हजार तीन, ज्ञानमान डङ्गोल टोखाबाट रु १० हजार ११, अष्ट महर्जन चन्द्रागिरिबाट रु २५ हजार एक, अस्मिता महर्जन चन्द्रागिरिबाट रु २५ हजार एक, आकृति त्वानाबासुबाट रु पाँच हजार ५५५ र पृथ्वीकुमार प्रजापतिबाट रु ५० हजार ५०५ आर्थिक सहयोग प्राप्त भएको नगरप्रमुख प्रजापतिले बताउनुभयो ।

त्यसैगरी ख्वप इञ्जीनियरिङ कलेज र ख्वप कलेज अफ इञ्जीनियरिङको तर्फबाट रु २५ लाख, २ नं वडा कृषक समूहबाट रु १० हजार, बाल विकास स्कूल (शिक्षक र कर्मचारी)को तर्फबाट रु एक लाख एक हजार १११, मेथिबारी युवा समूहबाट रु नौ हजार ५००, लोकेश्वर इन्टरप्राइजेजबाट रु पाँच हजार ३०३, श्रीश्री श्री इन्द्रायणी माता निजी गुठीबाट रु ५० हजार र इको प्यानल नेपाल प्रालिबाट रु एक लाख सहयोग प्राप्त भएको छ । गणेश समूहबाट रु ५० हजार, निवृत्त शिक्षक समाजबाट रु एक लाख, सिद्धिगणेश खेलकुद समितिबाट रु २० हजार एक, नवदुर्गा नास बचत समूहबाट रु ३० हजार ३३३, हाडा (बिजुक्छेँ) दिगु–द्यो जीर्णोद्धार समितिबाट रु एक लाख, वासुदेवप्रसाद जोशी स्मृति प्रतिष्ठान, पुत्री सर्जनी जोशीमार्फत रु ५० हजार, भक्तपुर लायन्स समन्वय समितिबाट रु तीन लाख र कमलाभक्त फाउण्डेशनबाट रु दुई लाख २२ हजार २२२ सहयोग गरेको छ ।

भक्तपुरमा सक्रिय सङ्क्रमित घट्दै

भक्तपुरमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या बुधबार शून्यमा झरेको छ । नयाँ भेरिएन्टसहित कोरोनाको दोस्रो लहर सङ्क्रमणले दैनिक आधा दर्जनको सङ्ख्यामा सङ्क्रमितको मृत्यु भइरहेको भक्तपुरमा बुधबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

भक्तपुरमा बुधबारसम्म २४५ सङ्क्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले जानकारी दिनुभयो । उहाँका अनुसार भक्तपुरमा मङ्गलबार आठ, सोमबार छ र आइतबार छ सङ्क्रमितको मृत्यु भएको थियो । भक्तपुरमा कोरोना सङ्क्रमणबाट हालसम्म मृत्यु भएकामध्ये १६२ पुरुष र ८३ महिला छन् । जिल्लाका चार स्थानीय तहमध्ये मध्यपुरथिमिमा ६१ पुरुष र २५ महिला गरी ८६ जनाको मृत्यु भएको मिजारले बताउनुभयो । त्यस्तै भक्तपुर नगरपालिकामा ३९ पुरुष र २६ महिला गरी ६५, सूर्यविनायक नगरपालिकामा ४१ पुरुष र २३ महिला गरी ६४ र चाँगुनारायण नगरपालिकामा २१ पुरुष र नौ महिला गरी ३० जनाको मृत्यु भएको छ ।

भक्तपुरमा सक्रिय सङ्क्रमितको सङ्ख्यासमेत घट्न थालेको छ । यहाँ हाल तीन हजार ५९७ सक्रिय सङ्क्रमित रहेको मिजारले बताउनुभयो । भक्तपुरमा मङ्गलबार तीन हजार ७२४, सोमबार तीन हजार ९५४, आइतबार चार हजार ६७ र शनिबार चार हजार १२० सक्रिय सङ्क्रमित रहेका थिए । यहाँका सक्रिय सङ्क्रमितमध्ये ११५ पुरुष र ८८ महिला विभिन्न अस्पताल र आइसोलेशन केन्द्रमा उपचाररत छन् । त्यस्तै एक हजार ८०३ पुरुष र एक हजार ५९१ महिला होमआइसोलेशनमा छन् ।

सम्बन्धित खबरहरु