काठमाडौं । हाम्रो समाजमा छोरा र छोरीलाई लिएर मानिसहरुको सोच फरक–फरक हुन्छ । पहिले पहिले छोरालाई खास महत्व दिने गरिएको भए पनि अहिले भने समाज विस्तारै परिवर्तन हुँदैछ । अहिले मान्छेहरु छोरा र छोरीलाई बराबर मानेर चलिरहेका छन् ।

तर सनातन हिन्दू धर्ममा छोरीलाई लक्ष्मीको दर्जा दिइएको छ । जसको घरमा छोरी हुन्छन्, त्यहाँ सधै समृद्धी हुन्छ । छोराहरुको तुलनामा छोरीलाई बाबु आमाले पनि धेरै माया गर्छन । यस्तो अवस्थामा आमा–छोरीबीचको सम्बन्ध धेरै सुन्दर र मनमोहक हुन्छ । एक आमा–छोरीको सम्बन्ध जस्तै, बुबा–छोरीको सम्बन्ध पनि मित्रतामा बद्लिन सक्छ ।

भनिन्छ, हरेक बाबुले आफ्नी छोरीको खुःशीका लागि हरसम्भव प्रयाससहित हेरविचार गर्छन । आमाको जस्तो उनको विवाहको सपना पनि देख्छन् । प्रत्येक आमाबाबुले सपना देख्छन् कि छोरीले विवाहपछि पनि खुशीयाली जीवन बिताउन सकोस् ।

यस्तो अवस्थामा, यो महत्त्वपूर्ण छ कि उनीहरूलाई विवाह अघि केहि महत्त्वपूर्ण शिक्षा र ज्ञान दिइनु पर्छ । आउनुहोस्, जानकारी लिउ विवाह अगाडि आमा–बुबालाई आफ्नी छोरीलाई उसको सुन्दर र उज्जवल भविष्यका लागि के कुरा सिकाउनु महत्त्वपूर्ण हुन्छ ।

विवाह पछि, एक केटीले बिभिन्न अवस्थाको सामना गर्नुपर्छ । यस्तो बेलामा छोरीलाई सही र गलत कुराको पहिचान गर्न सिकाउने जिम्मेवारी बुबाको काँधमा आउँछ । यस बाहेक, साना ठुला समस्यासँग डराउनुको सट्टा आफैंमा आत्मविश्वास बनाएर लड्न सिकाउनुहोस् ।

तपाईको छोरीलाई सासु ससुरालाई आमा बुबा जस्तो व्यवहार गर्न सिकाउनुहोस् । सासु ससुरालाई सम्मान गर्नुका साथैं आवश्यकताहरूको ख्याल गर्नु भन्नुहोस् । यसले विवाह पछि आफ्नो घरको हृदयमा तपाईंको छोरीले स्थान बनाउन सक्षम हुन्छिन् ।

तपाईंको छोरीले विवाहपूर्व जे सुकै गरेपनि विवाहपछि, जिद्दी र सानो–सानो कुरामा बहस गर्न छोड्नुपर्छ । अरूमाथि आफ्नो निर्णय लाद्न हुँदैन भनेर छोरीलाई सिकाउनुहोस् । यसले सम्बन्धलाई बिगार्न सक्छ ।

हरेक घरको चलन फरक हुन्छ । यस्तो अवस्थामा तपाईंको छोरीलाई सासू ससुराको बारेमा बुझ्न भन्नुहोस् । अनीमात्र नयाँ परिवारमा घुलमील हुन सहज हुन्छ । यसो गर्नाले तपाईंको छोरीले चाँडै सासु ससुरालीको मुटुमा ठाउँ बनाउन सक्नेछिन् । घरको राज्य छोरीको हातमा आइपुग्छ ।

 

सम्बन्धित खबरहरु