काठमाडौ । कोरोना महामारीको बढ्दो संक्रमणको कारण, बाहिरको खानेकुरा सुरक्षित छैन । त्यसैले यदि तपाईंले घरमा नै केही फरक बनाएर खाने प्रयास गर्दै हुनुहुन्छ भने आज हामीले गज्जबको परिकार लिएर आएका छौं ।

यो मौसममा तपाईं पनीर पुरी बनाउन सक्नुहुन्छ । पनीर पुरी खानमा स्वादिलो हुन्छ । साथमा स्वास्थ्यका लागि पनि धेरै फाइदाजनक पनि हुन्छ । आउँनुहोस् कसरी बनाउने भनेर जानकारी लिउ,

पनीर पुरी बनाउनका लागि आवश्यक सामग्री

  • ३ देखि ४ कप पनीर (कोरेसो गरिएको)
  • १ कप गहुँको पीठो
  • १ चम्मच चनाको पिठो
  • १–१ चम्मच सूजी
  • तातो मसाला धुलो
  • रातो खुसार्नीको धुलो
  • आधा–आधा चम्मच अजमोद र जीरा
  • धनिया (काटिएको)
  • स्वाद अनुसार नुन
  • तल्नको लागि तेल

बनाउने तरिका
तेल बाहेक भाँडोमा सबै सामग्रीहरूलाई एकसाथ मिश्रण गर्नुहोस् । आवश्यकता अनुसार पानी राख्नुहोस् । दिमागमा के कुरा राख्नुहोस् भने आटा न त कडा हुनुपर्छ न त धेरै नरम । यो सब गरेर ५ मिनेट को लागी पलाष्टिकले छोपेर छोड्नुहोस् ।

त्यसपछि तपाईंको हातमा हल्का तेल लगाएर पिठो बनाउनुहोस् र यसलाई पूर्ण रूपमा गोलो गर्नुहोस् । कढाईमा तेल तताउनुहोस् र सुनौलो नभएसम्म यसलाई तार्नुहोस् । आलु, टमाटर वा तपाईंको मनपर्ने तरकारीको साथ लिनुहोस् ।

 

सम्बन्धित खबरहरु