काठमाडौ । आज काठमाडौं उपत्यकामा मात्र झण्डै आधा संक्रमित थपिए का छन् । बितेको २४ घण्टामा २ हजार ३ सय ६७ जना कोरोना संक्रमित थपिएको पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयद्वारा विहीबार अपरान्ह अद्यावधिक विवरणअनुसार यो अवधिमा काठमाडौंमा १७३८ जना, भक्तपुरमा २६५ र ललितपुरमा ३६४ जना गरी २ हजार ३६७ जना संक्रमित थपिएको पुष्टि भएको हो ।

नेपालमा बितेको २४ घण्टामा कोरोना संक्रमित हुनेभन्दा कोरोना संक्रमणुक्त हुनेको संख्या धेरै भएको छ । विहीबार ६ हजार ९३९ जना संक्रमित थपिए भने ७ हजार २२६ जना निको भएका हुन् । हाल नेपालमा निको हुने दर ७७.२ प्रतिशत रहेको छ । यो अवधिमा १०६ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट नेपालमा ज्यान गुमाउनेको संख्या ६ हजार ९५१ रहेको छ । नेपालमा विहीबारसम्म कोरोना मुक्त हुनेको संख्या ४ लाख १८ हजार ८२९ रहेको छ भने हालसम्म ५ लाख ४२ हजार २५६ जना संक्रमित भएका छन् । हाल नेपालमा १ लाख १६ हजार ४७६ जना सक्रिय संक्रमित रहेका छन् ।

सम्बन्धित खबरहरु