• राष्ट्र र राष्ट्रियता रक्षाका लागि भूमि फिर्ता गराउँन भारतलाई दवाव स्वरुप यो सामाग्री सेयर गर्नुहोस् ।

काठमाडौ । नेपालले पछिल्लो समय आफ्नो नक्शामा समेटेको लिपुलेक, कालापनी र लिम्पियाधुराको जमिन अब विवादित भन्नु पर्ने अवस्था नरहेको देखिएको छ ।

भारतमा नै १९४७ अघिका भेटिएका कागजले अब यसमा विवाद नगरी भारतले त्यो क्षेत्र उपभोगका लागि नेपाललाई छोड्नुपर्ने देखिन्छ ।

जानकारहरुका अनुसार भारतको अंग्रेजका पालाको संगहलयमा भेटिएका नक्शा र प्रमाणमा उक्त जमिन नेपालको नै भएको पुष्टि हुन्छ ।

यसैले भारतले नेपालसँगको पुरानो सम्बन्धको आधारमा मात्र हैन तथ्यका आधारमा कलापानीबाट आफ्नो चौकी हटाउनु पर्छ ।

यदी उ छिमेकीसँग इमान्दार छ भने उसले यो व्यवहारमा नै देखाउनुपर्छ । सीमानाको सर्तमा पुरानो सम्बन्धलाई हेर्नु आवश्यक छैन ।

तर हेर्नु आवश्यक छ कि कालापानी वास्तवमै नेपालको क्षेत्र हो । हैन भारतको हो भन्ने लाग्छ भने कागजात देखाउनुपर्छ ।

जुन प्रमाणित गर्ने आधार अब त्यही हो । सन् १९४७ भन्दा पहिले देखि नै त्यो क्षेत्र नेपालको नै हो ।

नेपाल, भारत साथै बेलायतमा रहेका पुराना धेरै कागजातहरू छन् । जसले कालापानी क्षेत्र नेपालको हो भनेर प्रमाणित गर्दछ ।

विवाद के हो भने कालापानी नजिकको दुई साना नदीहरू (महाकालीका उद्गमस्थलका खोल्सा) मध्ये कुटी नदीलाई नेपालले पश्चिमी धारा मान्दछ । जबकि भारतले भने पूर्वी खोला काली नदी हो भनेको छ ।

पश्चिमी धारा लिपुलेक दर्रेबाट शुरु हुन्छ जबकि पूर्वी धारा टिन्कर पासको नजिकबाट आएको छ । बेलायती युगको (अंग्रेजको पालाको) नक्शामा काली नदी लिपुलेकबाट उत्पत्ति हुन्छ ।

यतिमात्र हैन नेपालले त्यही क्षेत्रसम्म आएर जनगणना गरिएको र जनताले भुक्तानी गरेको भूमि प्रमाणपत्रहरु छ। यसका आधारमापनि यो भूमि नेपालको नै हो । भारतले इमान्दारीताका साथ कालापानीमा राखेको सेनाको ब्यारेक हटाएर नेपाललाई हस्तान्तरण गर्नुपर्छ ।

अंग्रेजहरुको पालामा बनेको नक्शा यही हो जहाँ लिपु पासबाट कालीनदी सुरु भएको छ । जुन दावी नै नेपालको हो ।

[caption id="attachment_337921" align="alignnone" width="602"] रातो रेखामा कालीनदी हेर्न सक्नुहुन्छ । यसले नेपालको भूमि टिन्कर पासबाट हैन लिपुलेकपास दर्रेसम्म हो ।[/caption]

[caption id="attachment_337922" align="alignnone" width="602"] Western Tibet and British borderland पुस्तकमा स्पष्ट रूपमा बताइएको छ । कुटी, यांग्री र काली नदीको संगम : कुटी बायाँबाटयांग्री नदी हो, बीचबाट काली नदी र दाँया क्षेत्र नेपाल हो ।[/caption]

योपनि

https://www.janaboli.com/post/337817

https://www.janaboli.com/post/337932

सम्बन्धित खबरहरु