काठमाडौ । बेलायती मोटरसाइकल उत्पादक कम्पनी रोयल इन्फिल्ड (बुलेट) को उत्पादन भारतामा धेरै छ । तपाईले धेरै दिन अघि देखि सुन्नुभएको होला रोयल इन्फिल्ड (बुलेट) को नयाँ रुप आउँदैछ ।

हो रोयल इन्फिल्ड ( बुलेट ) ले अन्ततः रोयल इन्फिल्ड ( बुलेट ) मेटेर ३५० सीसी आउने भएको छ । कम्पनीले मुल्य नै सार्वजनिक गरेको छ ।

रोयल इन्फिल्ड ( बुलेट ) मेटेर ३५० सीस भारतमा १ लाख २५ हजार ८ सय २५ रुपैयाँमा आउनेछ । नेपालमा दुई सय प्रतिशत कर भएकाले यसको मुल्य ३ लाख ७५ हजारसम्ममा नै आउनेछ ।

यो रोयल इन्फिल्ड ( बुलेट ) को अहिलेसम्मकै सस्तो मुल्य हो । अहिलेसम्मकै सस्तोमा अहिलेसम्मकै राम्रो बाईक आएको हो । यसमा फायरबल, स्टेलर र सुपरनोभा जस्ता तीन भेरियन्टहरूमा सुरू भएको छ ।

सुरुमा यो बाईक पहेलो, रातो र अन्य एक रंगहरूमा निस्किएको छ । यो बाइकले होन्डाको H’Ness CB350 र जावा ट्वीन्ससँग प्रतिस्पर्धा गर्नेछ।

 

सम्बन्धित खबरहरु