काठमाडौं । समय समयमा विवादमा आइरहने मेडिकल व्यवसायी दुर्गा प्रसाई पुनः विवादमा आउँनु भएको छ ।

केहि दिन पहिले डा. गोविन्द केसीका मिडिया संयोजकलाई चेतवानी दिएको अडियो सार्वजनिक भएपछि अहिले उहाँ फेरि अर्को प्रकरणमा फस्नु भएको हो । एक जना पत्रकारसंग गरेको उहाँको कुराकानी भाइरल भएको छ ।

उक्त अडियोमा उहाँले नेपालभर कोरोना जत्तिसक्दो तिव्र रुपमा फैलिनुपर्ने धाराणा राख्नुभयो । कोरोना लाग्दा बिएन्डसी अस्पताललाई एउटा कुरा फाइदा भयो भन्ने कुरा पनि उहाँले बताउनु भएको छ ।

उहाँले भन्नुभयो, ‘बिएन्डसीमा १२ जनालाई कोरोना भयो नि स्टाफहरूलाई । एक जनाको प्लाज्मा निकाल्दा चार जनालाई हुन्छ ।’ कोरोनालाई गम्भीर रुपमा नलिने दावा गर्ने उहाँले बिएन्डसी स्ट्रङ अस्पताल भएको दाबी पनि गर्न भ्याउनुभयो ।

कोरोना बिरामीलाई उपचार गर्न पर्‍यो भने अब बिएन्डसीले सक्छ भनेर पनि उहाँ बताइरहनु भएको छ । उहाँको बुझाईमा स्टाफलाई एकपल्ट लागेपछि अर्कोपल्ट लाग्दैन । सोही क्रममा उहाँले भन्नुभयो, ‘यो (कोभिड–१९) जतिसक्दो बढी फैलिनुपर्छ क्या, जतिसक्दो बढी ।

छिटो–छिटो फैलिनुपर्छ क्या । अनि यसको काम कार्यक्रमै सकिन्छ ।’ उहाँका अनुसार देशभर एकसाथ ठुलो संख्यामा कोरोना संक्रमण भएपछि अनी रोक्न सहज हुन्छ ।

यो सब कुरा उहाँले एक जना पत्रकारसँग गर्नुभएको थियो । बिएन्डसी अस्पतालका सञ्चालक समेत रहनु भएका दुर्गा प्रसाईंले आफू कोरोनाको विषयमा पहिलेदेखि नै नकरात्मक भएको टिप्पणी गर्नुभयो ।

अडियोमा नपचाउने मान्छे मृत्यु भएको भन्दै उहाँले भन्नुभयो, ‘बाँच्नैपर्छ भन्ने छ त ? छैन नि । हाहाहाहा, आखिर मृत्यु त मृत्यु नै हो नि । संसारै मर्छ त अनि यहाँ बाँच्नेले के गरे, मर्नेले के गरे र यहाँ ?’ भन्दै जवाफ फर्काउनुभयो ।

https://soundcloud.com/user-658817166/covid19?utm_source=clipboard&utm_campaign=wtshare&utm_medium=widget&utm_content=https%253A%252F%252Fsoundcloud.com%252Fuser-658817166%252Fcovid19&fbclid=IwAR0-gSUH0FZcQkRe4xJrjinFaRyNf_etJOI57fn_4RNt89EMlBQvyK9YJ3k

 

सम्बन्धित खबरहरु