काठमाडौं । कोरोना कालमा निकै दर्दनाक तस्विरहरु देख्न पाइयो । अहिले पनि त्यस्ता केही तस्विरहरु आइरहेका छन् । कोरोना संक्रमणसँग लड्दै गरेका एक कर्मचारीलाई बैंकले विदा नदिएपछि उनी अक्सिजन लगाएर कार्यालय जानुपर्यो ।

उनी अक्सिजन सिलिन्डर लिएर बैंक शाखामा पुगेका थिए । यो घटना बोकारोको सेक्रेटरी–४ स्थित पञ्जाब नेश्नल बैंक शाखासँग सम्बन्धित छ ।

यद्यपि बैंकले अरविन्द कुमारको बिरूद्ध विभागीय अनुसन्धान भैरहेको जानकारी दिएको छ । उनीमाथि ऋण खाता एनपीए भएमा रिकभरी प्रक्रिया रोक्न उनले यो नाटक गरेका हुन् ।

बैंकले आफ्नो बयानमा भनेको छ कि यो गलत छ । कोभिडबाट निको हुँदै गर्दा उनलाई कार्यालय आउन बाध्य पारिएको थियो ।

अरविन्द मंगलबार आफ्नी पत्नी र छोरासँगै अक्सिजन सिलिन्डर लगाएर शाखामा पुगेका थिए । उनको परिवारले एक भिडियो बनायो र यसलाई अनलाइन पोष्ट गर्‍यो ।

त्यसपछि भिडियो भाइरल हुन शुरू भएको हो । भिडियोमा अरविन्द अक्सिजन सिलिन्डर लिएर बैंकको शाखामा गइरहेको देख्न सकिन्छ । सिढी चढ्दै गर्दा उनी ऊ एक अफिसरको क्याबीनमा पुग्छन् । भिडियोमा उनको परिवार र बैंक अफिसरबीच चर्को बहस चल्छ ।

भिडियोको अन्त्यमा, उनले व्यवस्थापकलाई सोध्छन् किन उसलाई कष्ट दिइदैँछ । उनी ‘म बिरामी छु र मेरो अवस्था गम्भीर छ ।’ भनिरहेका छन् । अरविन्द भन्छन्, ‘डाक्टरहरूले भनेका छन् कि यसबाट मलाई निको हुन कम्तिमा तीन महिना लाग्छ किनकि संक्रमण फोक्सोसम्म फैलिएको छ ।’

उनले बैंकबाट तलब भुक्तानी गर्न पनि माग गरेका छन् । उनको आरोप छ कि उनको भुक्तानी पनि रोकिएको छ । परिवारका एक सदस्यले भने कि बैंकका अधिकारीहरूले उनको बिदा अनुमोदन गरेनन् ।

बैंकले उनलाई राजीनामा दिन भन्यो तर विदा दिन मानेन् । अब उनीहरूले तलब कटौती गर्ने चेतवानी दिएपछि उनी अक्सिजन लगाएर अस्पताल पुगेका हुन् । बैंकमा पुगेपछि अरविन्दलाई घर फर्कन भनियो ।

पीएनबीले आफ्नो विज्ञप्तिमा भनेको छ, ‘अरविन्दले यो नाटक उनको विरुद्धको अनुसन्धान रोक्न र एनपीए ऋण खाताको रिकभरी रोक्नको लागि गरे ।’ बैंकले अरविन्द व्यवस्थापक पदमा रहेको बताएको छ ।

तर उनले हालै राजीनामा दिएका थिए । उनीमाथि विभागीय अनुसन्धान जारी भएपछि उनले यस्तो नाटक रचेका हुन् । यस बाहेक अरविन्द पूर्व अनुमति बिना दुई बर्ष भन्दा बढी समयदेखि बैंकमा आएका छैनन् ।

सम्बन्धित खबरहरु