काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले देशका नाममा सम्बोधन गर्दैछन् । आसन्न बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्रीले दिउँसो ४ बजे सम्बोधन गर्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

संवैधानिक व्यवस्था अनुसार जेठ १५ गते सं‌सदमा बजेट पेस गर्नुपर्नेमा गत ७ जेठको मध्यरातमा संसद विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्‍याउने तयारी भइरहेको छ । यसै सन्र्दभमा रहेर ओलीले सम्वोधन गर्नेछन् । दोस्रो पटक संसद विघटन गरेपछि प्रधानमन्त्री ओलीको आलोचना तिब्र छ । अहिले उनले गरेको संसद विघटनबिरुद्ध सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । अदालतको फैसला कुरेर विपक्षीहरु बसेका छन् । यही बेला ओलीले बजेट ल्याउने भएका छन् । अध्यादेशबाट आउने बजेट महत्वकांक्षी हुन नहुने भन्दै विपक्षीले दवाव दिइरहेका छन् ।

सम्बन्धित खबरहरु