काठमाडौं । महर्षि नारद भगवान ब्रह्माका १७ मानस छोरामध्ये एक हुन् । यो विश्वास छ कि देवर्षि नारद देवीदेवताहरुलाई सन्देश र सूचना दिनको लागि पृथ्वी, आकाश र पातलको भ्रमण गर्न सक्छन् । महर्षि नारद भगवान विष्णुको एक विशेष भक्त हुन् ।

महर्षि नारदले नारद पुराण भन्ने पुस्तक लेखेका थिए । त्यस पुस्तकमा मानिसको जीवनदेखि लिएर मृत्युसम्मका सबै बुँदाबारे चर्चा गरिएको छ ।

यसमा उल्लेख गरिएका चीजहरूले हामीलाई हाम्रो जीवनमा परिवर्तन ल्याउन सक्छ । आउँनुहोस् अब ति कुराबारे जानकारी लिउँ :

नारद पुराणका अनुसार मानिसले दिनमा कहिल्लै सत्नु हुँदैन । दिउँसो सुत्ने मानिसहरुलाई धन सम्पतिको प्राप्तीमा समस्या हुन्छ । दिनमा सुत्ने व्यक्ति प्रायजसो अस्वस्थ हुन्छन् । साथै, जवान उमेर पुगेको हुन्छन् । नारद पुराणका अनुसार यदि टाउकोमा तेल लगाउँदा हत्केलामा तेल लाग्यो भने त्यसलाई शरीरमा लगाउनु हुँदैन ।

टाउकोमा तेल लगाउँदा हातमा बचेको तेल शरीरको अन्य भागमा लगाउँला पैसाको अभाव झेल्नुपर्ने हुनसक्छ । स्वास्थ्यमा नकरात्मक प्रभाव पनि यसको कारक बन्न सक्छ ।

पुराणमा यो पनि भनिएको छ कि कहिल्यै पनि सबै कपडा खोलेर नुहाउनु हुँदैन । न त सबै लुगा खोलेर ओछ्यानमा नै जानु हुन्छ । नुहाँउदा सबै कपडा खोल्ने कुरा पनि नारद पुराणका अनुसार गलत हो ।

त्यस्तै, बाँया हातले कहिल्ले पानी पिउनुहुँदैन । यो पनि भनिएको छ कि कुनै पनि मानिसले झुक्केर पनि दाँया हातले आफ्नो टाउको कन्याउनु हुँदैन । यस्तो व्यवहारले तपाईंको जीवनमा एक नकारात्मक प्रभाव पार्दछ ।

नारद पुराणमा यो पनि भनिएको छ कि कहिल्लै पनि एउटा खुट्टामाथि अर्को खुट्टा राखेर बस्नु हुँदैन । सुत्दा पनि एउटा खुट्टामाथि अर्को राख्नु अशुभ हुन्छ । यस्तो कार्य गर्दा धन मात्रै नभएर आयु पनि कम हुन थाल्छ ।

 

सम्बन्धित खबरहरु