काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले पछिल्लो समय नक्सामा ल्याएको भूमिलाई भारतबाट चाँडै फर्काइने बताउनुभएको छ । आज नागरिकको नाममा विशेष सम्वोधन गर्दै उहाँले नक्सामा समावेश गरिएको भूमि चाँडै फर्काउने प्रतिवद्धता जनाउनुभएको हो ।

उहाँले भन्नुभयो नक्सा, ऐतिहासिक प्रमाणका आधारमा नक्सामा आएको भूमिलाई फर्काउने साथै बेला–बेला नेपाल भारतबीच हुने गरेका विवादलाई पूर्ण रुपमा टुंग्याउने बताउनुभयो । यसका लागि भारतसँग सम्वाद भइरहेको र औपचारिक सम्वाद गर्ने दावी गर्नुभयो ।

नेपाल र भारतबीच पछिल्लो समय सीमासम्बन्धी विवाद
नेपाल र भारतबीच पछिल्लो समय सीमासम्बन्धी विवाद चर्के पनि दुई देशले सम्वाद र सहकार्यकै आधारमा अगाडि बढ्नुपर्ने विज्ञहरूको सुझाव दिएका छन्। नेपालले सीमाभित्र कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रलाई समेटेर नयाँ राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेपछि भारतले आफ्नो आपत्ति जनाउँदै उक्त नक्सा नस्वीकार्ने बताएसँगै विवाद झन् गहिरिएको थियो ।

केही विज्ञहरूले भने भारतले चालेको कदम र नेपालको प्रतिक्रियाले दुई देशलाई सँगै बसेर छलफल गर्नका लागि स्पष्ट आधार तय गरिदिएको बताएका थिए । भूतपूर्व परराष्ट्र मन्त्री भेषबहादुर थापा नेपाल र भारत दुवैले विवादित मानेको भूमिमा भारतले आफ्नो हिसाबले काम गरेको अवस्थामा नेपालले प्रतिक्रिया जनाउनु स्वभाविक भएको बताउनुहुन्छ ।

सीमासम्बन्धी विवादका विषयमा कुनै पनि मुलुकसँग सम्झौता गर्ने छुट नहुने बताउँदै थापा नेपालले अहिले पनि सम्वादकै माध्यमबाट समस्या हल गर्न खोजेको र त्यही बाटोमा अघि बढ्नुपर्ने बताउनुभयो । प्रधानमन्त्रीपनि यही कुरामा जोड दिनुहुन्छ उहाँ भन्नुहुन्छ सम्वादको ढोका बन्द गर्नु भनेको छिमेकीलाई पछि धकेल्नु हो।

नेपाल र भारत सम्बन्धमा उतारचढाव नदेखिएको होइन। नेपालले आफ्नो नक्सा निकाल्दै गर्दा पनि सम्वादको बाटो त्यागेको छैन। भारत पनि यस अघिसम्म सम्वादकै पक्षमा देखिएको थियो। अब पछिल्लो वक्तव्य पछि चाहिँ सम्वादका लागि भारत कहाँ छ भन्ने कुरा कूटनीतिक तवरबाट नेपालले बुझ्नुपर्छ।

कोरोनाभाइरसको विश्वव्यापी महामारीकाबीच चर्किएको सीमा विवादलाई दुई देशले कूटनीतिक वा उच्च स्तरीय राजनीतिक छलफलद्वारा टुङ्ग्याउनुपर्ने मत सबैको छ । यो दुबै देशका जनताको चाहाना चाँडै पूरा होस् ।

योपनि

https://www.janaboli.com/post/337918

https://www.janaboli.com/post/337817

https://www.janaboli.com/post/337932

 

सम्बन्धित खबरहरु