काठमाडौं । पूर्वस्वास्थ्यमन्त्री एवं नेपाली कांग्रेसका नेता गगन थापाले चिकित्सा शिक्षा आयोगको उपाध्यक्ष श्रीकृष्ण गिरीसँग भएको गर्नुभएको छ ।

सामाजिक सञ्जालमा भेट गरेको तस्विरसहित उहाँले एक स्टाटस राख्नु भएको हो ।

उहाँले भन्नु भएको छ, ‘यही असारमा पिजीको परीक्षा हुन्छ भन्ने ठानेर ५ हजारभन्दा बढी चिकित्सक जनशक्ति परीक्षाको तयारी गरेर बसिरहेका छन् । तर,अहिले परीक्षा सम्भव छैन ।

विद्यार्थी अलमलमा छन । यस सन्दर्भमा छिटो निर्णय गर्न चिकित्सा शिक्षा आयोगको उपाध्यक्षलाई भेटेर अनुरोध गरेको छु ।’

उहाँले थप्दै भन्नु भएको छ, ‘अबको ४-५ महिना परीक्षा हुँदैन,पछि परीक्षा मिति तोक्दा कम्तीमा ४५ दिनको तयारी समय राखेर तोकिनेछ' भनेर निर्णय गरिदिनुस्।

यसले अहिले तयारीका लागि वसेका हजारौँ चिकित्सक ढुक्कसंग महामारीको काममा लाग्न सजिलो हुन्छ।उहाँले यो निर्णय केही दिनभित्र गर्ने प्रतिबद्धता जनाउनु भएको छ।

प्रधानमन्त्रीज्यू,आयोगको यो निर्णयसँगै चिकित्सा शिक्षा नियमावलीमा 'महामारीमा तोकिएको काम गरेकाहरूलाई PG मा आवेदन दिँदा निश्चित अङ्क थप पाउने' नियम थपिदिनुस्।

सरकारको यो एउटा निर्णयबाट अहिले महामारीको लडाईमा जनशक्तिको अभावलाई केही कम गर्न ठुलो मद्दत पुग्नेछ।’

https://twitter.com/thapagk/status/1398248846723936259

सम्बन्धित खबरहरु