काठमाडौ । अमेरिकामा नेपालीको सफता हेर्ने हो भने नेपालमा रहेका जो कोहीले गर्व गर्ने ठाउँ छ । कसैलाई अमेरिका जाने सपना मात्र बनेको छ भने कसैलाई नेपालमा भन्दा सफलताको बिन्दु बनेको छ ।

अमेरिकी कानुनले प्राकृतिकरण नागरिकता लिएकालाई राष्ट्रपति र उपराष्ट्रपतिबाहेकका उच्चतम पदमा रहेर काम गर्ने अधिकार दिएसँगै नेपालीपनि उपल्लो दर्जासम्म पुगेका छन् ।

आप्रवासीको मुुलुुक भनेर चिनिने देश अमेरिकामा गैर आवसीयहरुकै बाहुल्यता छ । पूर्वराष्ट्रपति बाराक ओबामालाई पनि पहिलो अफ्रिकन अमेरिकन राष्ट्रपति भनिन्छ । यही कानुनी अधिकारबाट धेरै आप्रवासी यहाँको उच्चतम पदमा पुुगेका छन् ।

बाराक ओबामामा अरु मुलुकको नागरिकको सन्तान भएपनि अमेरिकाको राष्ट्रपति बन्न पुगे । अब नेपाली नागरिकपनि त्यो स्थानमा पुग्न नसक्लान् भन्न सकिन्न । किनकि त्यो छनक देखिइसकेको छ । अहिले नै नेपाली सांसददेखि राष्ट्रपतिको सल्लाहकारसम्मको सर्वोच्च पदमा पुगिसकेका छन् ।

नेपालबाट अमेरिका आएकाहरू केही वर्षयता यहाँको मलुधारको राजनीतिमा सक्रिय छन् । नेपाली मुलका अमेरिकी राष्ट्रपतिको सल्लाहकारदेखि राज्य सांसद, नगरपरिषद् सदस्य, मेयर, उपमेर र तिनका सल्लाहकारसम्म छन् ।

अमेरिका भित्रिएका नेपालीहरू मुलधारको राजनीतिमा समेत आफूलाई स्थापित गर्ने नेपालीको संख्या बढ्दो छ । अहिले धेरै प्रतिस्पर्धी मैदानमा छन् । केहीले जितेर इतिहास रचेका छन् । यसरी इतिहास बनाउने नेपालीको पहिलो सूचीमा छन् ह्यारी भण्डारी ।

पर्वत जिल्लामा जन्मिएका भण्डारी केही बर्षअघि नै राज्यसभाको चुुनाव जितेर अमेरिकी सांसद बनेका छन् । अमेरिका पुगेको १५ वर्षमै उनले अमेरिकी इतिहासमा नेपालीमूलको नागरिक अमेरिकी सांसद भएर इतिहास लेखिदिए ।

१० वर्षदेखि अमेरिकी मुलधारको राजनीतिमा सक्रिय राज्य सांसद भएका भण्डारी डेमोक्रयाटिक पार्टीका केन्द्रीय सदस्य समेत हुन् । यो एउटा नेपालीका लागि चानचुने कुरा हैन । भण्डारीले मुलधारको राजनीतिमा छलाङ मार्ने सम्भावना अझै धेरै छ ।

यसैगरी अर्को कृतिमान कायम गर्ने नेपाली हुन्, नेपालको विकट जिल्ला संखुुवासभामा जन्भिएकी सञ्चिता श्रेष्ठ प्रधान । प्रधानले महाशक्ति राष्ट्र अमेरिकी राष्ट्रपतिको सल्लाहकार भएर इतिहास बनाएकी छन् । प्रधानले यसअघिका राष्ट्रपति बाराक ओबामाको सल्लाहकार भएर एसियन अमेरिकन तथा नेपालीको पक्षमा काम गर्ने अवसर पाइन् । यो सामान्य अवशर नै हैन ।

सन् २००६ मा डीभी परेर अमेरिका आएकी प्रधान आयोवा डिर्पामेन्ट अफह्यूमन राइट एसियन प्यासेफिक आइल्याण्डर अफेयर्समा कार्यकारी अधिकृतका रूपमा काम गर्दै आएकी थिइन् । अमेरिकामा बसोबास गरिरहेकी सञ्चिता प्रधान अमेरिकामा रहेका नेपाली अमेरिकी मूलधारमा आउनुपर्ने धारणा राख्छिन् ।

यसैगरी केही बर्ष पहिले दोश्रो कार्यकालका लागि उपमेरको सपथ खाएका नेपाली हुन् किरण सिटौला । इण्डियन नगरपालिकाको उपमेयरको सपथ ग्रहण गरेका सिटौलालाई यहाँको सार्वजनिक पदमा निर्वाचित पहिलो व्यक्ति मानिन्छ । बख्खु लगाएर दोश्रो कार्यकालका लागि शपथ खाएका सिटौला २५ वर्षदेखि अमेरिकामा छन् । उनी त्यहाँको स्थानीयमा एकदमै लोकप्रिय छन् ।

अध्ययनका लागि अमेरिका छिरेका सिटौलालाई अमेरिकी कानुनले दिएको अधिकार प्रयोग गरी उपमेयर बनायो । अब पालो नगरपरिषद् सदस्य बनेर इतिहास बनाएका प्रतिप ढकालको छ । नेपालको झापा जिल्लामा जन्मिएका ढकाल भर्जिनिया राज्यको टाउन अफ हर्डनमा काउन्सिल मेम्बर अर्थात नगरपदिषद् सदस्य छन् । सातजना काउन्सिलमेम्बर विजयी हुुनुुपर्ने त्यो चुनावमा ढकाल ३ हजार ८८ मत ल्याएर चुनिएका हुन् ।

सन् २००६ मा अध्ययनका लागि अमेरिका आएका ढकाल छोटो समयमै नगरपरिषद् सदस्य भएका छन् । नेपालको विकासको गतिलाई तीव्र रूपमा लैजाउनुपर्ने भएकाले सबै निर्वाचित पदाधिकारी इमान्दार भएर लाग्नुपर्ने बेला आएको उनको धारणा छ ।

यसैगरी नगरपरिषद् बनेका अर्का नेपाली हुुन्, अर्घाखाँचीका मधु पन्थी । १९ वर्षअघि डीभी परेर अमेरिका आइपुगेका पन्थी अहिले भर्जिनिया राज्यअन्र्तगत टाउन अफ हेमार्केटका काउन्सिल म्यान छन् । स्नातकोत्तरसम्मको अध्ययन पूरा गरेका पन्थी नेपालमा कांग्रेसको राजनीतिमा सक्रिय थिए ।

‘डीभीले मलाई अमेरिका ल्यायो’, पन्थी भन्छन्, ‘समाजसेवा र राजनीति मैले नेपालदेखि नै गर्दै आएको थिएँ । अहिले अमेरिकी जनताको सेवा गरिरहेको छु ।’ दुई वर्षे कार्यकालका लागि नगरपरिषद् सदस्य बनेका पन्थी मेडिकल सेन्टर चलाएर बसेका छन् । उनले अहिले त्यो कार्यकाल पूरा गरेका छन् ।

यस्तै अमेरिकामा नेपाली महिलाको नाम उचो बनाउने नारी हुुन्, विष्णुमाया परियार । गोरखाको ग्रामीण भेगको दलित परिवारमा जन्मिएकी परियार न्यूजर्सी राज्यको जर्सीसिटीको मेयर सल्लाहकार छिन् ।

छात्रवृत्तिमा अध्ययनका लागि अमेरिका आएकी परियार मेयरको सल्लाहकार बनेकी छन् । दलित आन्दोलनकी अगुवा परियारले नेपाली महिलाको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय फोरममा नेपालको नाम उचो बनाएकी छन् ।

नेपालबाट अमेरिका आएका छोटो समयमै निर्वाचित पदाधिकारीका साथै उच्चतहको पदमा निर्वाचित, नियुक्त भएर अलग्गै पहिचान बनाउन सफल भएका छन् । यो नेपाल र नेपालीको समेत गौरवको विषय हो ।

 

सम्बन्धित खबरहरु