काठमाडौं । जिल्ला प्रशासन कार्यालयले जारी वर्षाका कारण बाढीपहिराको जोखिम रहेकाले सुरक्षित रहन नागरिकलाई अनुरोध गरेको छ । कालीगण्डकी नदीमा बिहीबादेखि नै बहाब बढ्दै गएकाले तटी क्षेत्रका नागरिकलाई सतर्क रहन आग्रह गरिएको हो ।

जलजला गाउँपालिकाको वारीबेनी, बगरफाँट, मिलनचोक, लस्ती, खनियाघाट, कुश्मा नगरपालिकाको मालढुंगा, मोदीवेणी, दक्षिण पर्वतको विहादी गाउँपालिकास्थित सेतीवेणी, फलेबासको जैमिनीघाटलगायत क्षेत्रका बस्ती उच्च जोखिममा छन् ।

पश्चिम बंगाल खाडीमा विकसित जलवायुको प्रभाव र ‘यास’ चक्रवातका कारण नेपालमा समेत भित्रिएको मौसम बदलीका कारण सबैलाई सतर्क रहन अनुरोध गरिएको सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मा सुवेदीले बताउनुभयो ।

यो पनि, थाइल्यान्डको परराष्ट्र मन्त्रालय, थाइ ओभरसिज धम्मादुतभिक्खुस र भेरापुचोङ फाउण्डेशनले नेपाललाई ४६ वटा अक्सिजन कन्सट्रेटर प्रदान गरेका छन् ।

नेपालका लागि थाइल्यान्डका राजदूत भोसिता भोरासाफले ती उपकरण त्रिभवुन अन्तर्राष्ट्रिय विमानस्थलमा आज भएको सङ्क्षिप्त कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रतिनिधिलाई हस्तान्तरण गर्नुभएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

कोरोना महामारीविरुद्धको नेपालको लडाइँमा सघाउन ती उपकरण प्रदान गरेकामा सरकारले थाइ विदेश मन्त्रालय र ती परोपकारीसंस्थाप्रति कृतज्ञता व्यक्त गरेको छ ।

परराष्ट्र मन्त्रालयका अनुसार थाइ नरेश र राजपरिवारका अन्य सदस्यले प्रदान गर्नुभएका स्वास्थ्य उपकरण एवं सामग्री लिएर आगामी साताको प्रारम्भमा थाइल्यान्डबाट विशेष विमान नेपाल आउने भएको छ ।

सम्बन्धित खबरहरु