काठमाडौ । संसारमा धेरै अलौकिक र अनौठा स्थानहर छन् । जसको बारेमा थाहा पाउँदापनि सबै चकित हुन्छन् ।

एउटा कुण्ड यस्तो छ जहाँ तल पानी देखिन्छ । तर जब ताली बजाउँन थालिन्छ । पानी तालबाट माथि आकाशतर्फ उठेको देख्न सकिन्छ ।

यो अलौकिक स्थान हो भारतको झारखण्डस्थित बोकारो जिल्लाको एक कुण्डको । यो कुण्डको रहस्यमय विशेषता यस्तो छ कि जब तपाइँ यो कुण्डको छेउँमा गएर ताली बजाउनुहुन्छ तब यसको पानी आफै माथि आउँछ ।

जसका कारण यो कुण्ड अहिले विश्व चर्चित बन्न सफल भएको छ । यो अनौठो कुण्डमा चिसोमा तातो र तातोमा चिसो पानी निस्कन्छ । जहाँ नुहाउनाले छालाको रोग हट्ने समेत विश्वास भारतीय मडियाहरुले छापेका छन् ।

यो कुण्डमा आएर मागेका वरदान प्राप्त हुने विश्वास पनि गरिन्छ । अन्तराष्ट्रिय समाचार स्रोतहरुले उल्लेख गरेका छन् । निकै सफा रहेको यहाँको पानी गंगा नदीमा मिसिन्छ । यसलाई विश्वकै पवित्र स्थान र स्वच्छ ठाउँको रुपमा विश्वभरी चिनिन्छ ।

 

सम्बन्धित खबरहरु