काठमाडौ । भेरी अस्पतालमा घटना घटाउने दाङका तिनै धन्धुकारी जो आफ्नो बाबु र दाजु कोरोना भाइरस (कोभिड–१९) संक्रमित भन्ने थाहा पाउँनासाथ दशौँ मिटर पर भागे ।

अस्पताल ल्याउन चिकित्सक सहितको टोली एम्बुलेन्स लिएर पुग्यो । उठाएर एम्बुलेन्समा हाल्नेपनि उनै चिकित्सक । उनीहरु त दर्जन मिटर टाढा रहेर हेर्ने मात्र भए । स्वास्थ्य मापदण्डले त्यो गर्नुपनि उचित नै ठान्छ ।

तर उनीहरुको चिकित्सक माथीको व्यवहार माफी योग्य छैन, यसैले यी शब्द राखिएको हो । बिरामी अस्पतालमा ल्याएपछि खाना, पानी, दिसा, पिसाब उनै चिकित्सकले गराइरहेका हुन्छन् । मुखमा अक्सिजन थामेर बस्ने, भेण्टिलेटर राखिदिने, जीवबुटी औषधी ख्वाउने उनै छन् ।

के उनीहरुलाई चै संक्रमितको नजिक जाँदा संक्रमण सर्छ भन्ने डर छैन होला ? विश्वमा अझैपनि एकिन भएको छैन की यो भाइरस कसरी एक अर्कामा सरिरहेको छ । तर स्वास्थ्य सुरक्षा कवज (पीपीई) लगायो भने केही जोगिन सकिन्छ भन्ने पुष्टि भएको छ । त्यही कवज (पीपीई) लगातार लगाउँदा कस्तो हुन्छ होला ? केही घण्टा हैन ८ देखि १२ घण्टासम्म उनीहरुले काम गरिरहेका छन् ।

धुलिखेल अस्पतालका बरिष्ठ डाक्टर राजेन्द्र कोजु लेख्नुहुन्छ । पानी खाने, बाथरूम जाने त कुरै भएन नि ६–७ घन्टा सम्म । पिरियड हुँदा चाहिँ ... सार्है अप्ठेरो। सिस्टर भन्दै हुनुहुन्थ्यो। बिरामीलाई सजिलो गराउन पाए त, हामीले दुःख पाएर के भो र। ड्युटी डाक्टर बोल्नुभयो। बिरामीलाई ठिक पारेर पठाउन पाए त सबै दुःख बिर्सिन्छ। सिस्टर । -धुलिखेल अस्पताल

उहाँका वाक्यंशले जो कोहीलाई भावुक बनाउँछ । हो अहिले यस्तै भएको छ । यी शब्द देखेपछि हामीले चिकित्सकहरुलाई सोध्यौँ । अहिले कसरी काम गरिरहनुभएको छ ? अति दुर्गम जिल्ला डडेल्धुराको सरकारी अस्पतालमा कार्यरत नर्सिङ्ग अधिकृत कविता भण्डारी भन्नुहुन्छ सिमित जनशक्ति छ ।

तर बिरामीको चाप उच्च छ । एउटै चिकित्सकले घण्टौ काम गर्नुपर्ने बाध्यता छ । एक पटक पीपीई लगाएर काम गर्न थालिसकेपछि हामीले खाना त कुरै छैन पानी पिउन समेत मिल्दैन । दिसा, पिसाब पीपीई भित्र डाइपर लगाएर त्यही गर्ने हो । अस्पतालको बिरामी कक्षमा प्रवेश गरिसकेपछि पीपीई खोल्यो भने संक्रमण सर्ने चान्स धेरै हुन्छ ।

एक पटक खोलेपछि पीपीई पुन प्रयोग गर्न स्वास्थ्य मापदण्ड अनुसार उचित हैन । एक पटक पीपीई लगाउन त राज्यले पुरा गर्न सकेको छैन । अब पानी पिउन, दिसा, पिसाबपछि फेर्न भनेर पीपीई सरकारी मात्र हैन नीजि कुनै अस्पतालमापनि छैन ।

नीजि अस्पतालले पीपीईको मुल्य ४५ सय सम्म राखेका छन् । त्यो पीपीईको खर्च बिरामीकै बीलमा चढ्छ । सरकारी अस्पतालमा भने निःशुल्क छ । तर त्योपनि राज्यको रकम जाने भयो । हामीले पानी पिउन, शौचालय गएपछि फेर्न भनेर ४५ सय रुपैयाँ खर्च गरिदिन सक्दैनौँ । तर त्यो ८ घण्टासम्म हामीले भोग्नु परेका पिडा शब्दमा व्यक्त गर्न सकिन्न भण्डारी भन्नुहुन्छ ।

तर हाम्रो पेसा नै यही भएकाले विरामीको सेवा नै हाम्रो धर्म ठान्छौ । बरु मानिस पेसामा सम्झौता गर्न सक्ला तर धर्ममा गर्न सक्दैन । चिकित्सकहरु पेसा नै धर्म ठान्छन् । नर्सहरु सेवा नै पूजा र धर्म ठान्छन् । यसैले हामी यो कठोर अग्नीपरीक्षामा अग्रमोर्चामा छौ । यसो भनिरहँदा उहाँ निक्कै भावुक देखिनुहुन्थ्यो । उहाँले थप्नुभयो ।

हामी हाम्रो कष्ट भन्दापनि विरामी निको भएको हेर्न चाहान्छौ । जब अति जटिल विरामी निको भएर घर फर्किन तयार हुनुहुन्छ हामीले सबै पिडा भुल्छौ । र मन खुशीले भित्र भित्रै नाँचिरहेको हुन्छ ।

तर हामी यसरी खटिरहँदा अस्पतालमा नै हुने गरेका भेरी अस्पतालभित्रका जस्ता घटनाले मन सारै भाँचिन्छ उहाँ झनै भावुक बन्नुभयो । हो अहिले विश्वभरी कै चिकित्सकहरुको चित्रण यस्तै छ ।

नेपाल जस्तो गरिबीको चपेटामा परेको देशका लागि महामारी आफ्नो सामर्थभन्दा माथी छ । सिमित जनशक्तिका कारण एक जना चिकित्सिकले सयौँलाई हेर्नु परेको छ । तर यो महामारीको लडाई जित्ने अग्रमोर्चाका कमाण्डर चिकित्सकहरु मात्र हुन् । उनीहरुलाई सम्मान गरौँ । आत्मवल बढाऔँ ।

भेरी अस्पतालमा के भएको थियो ?

http://janaboli.com/post/338233

 

 

सम्बन्धित खबरहरु